इच्छा विपरित करणी गर्ने श्रीमानलाई डेढ वर्ष कैद र १० लाख क्षतिपूर्ति

कञ्चनपुर जिल्ला आदालतले श्रीमतीको इच्छा विपरित करणी गर्ने श्रीमानलाई डेढ वर्ष कैद र १० लाख रुपैयाँ क्षतिपूर्ति दिलाउने फैसला गरेको छ ।गत कार्तिक दोस्रो साता भीमदत्त नगरपालिका–२ भाँसीकी मञ्जु जोशीले श्रीमान डम्बर राज जोशी बिरुद्ध दायर जबरजस्ती करणी मुद्दामा हालै आदालतले फैसला गरेको हो ।
जिल्ला न्यायाधीश प्रकाश कुमार अधिकारीको इजलासले श्रीमानलाई डेढ वर्ष थुना र १० लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको अदालतका नायव सुब्बा दानबहादुर सुनारले जानकारी दिए ।श्रीमान डम्बरले आफ्नो इच्छा विपरित यौन सम्पर्क राखेको भन्दै मन्जुले उजुरी दिएपछि अदालतले प्रकाशलाइ पूर्पक्षका थुनामा राख्ने आदेश दिएको थियो । प्रहरीका अनुसार डम्बर र मञ्जुले डेढवर्ष अघि भागेर विवाह गरेका थिए ।  नयाँ पत्रिकामा खबर छ