सुर्खेत,५ माघ । लामो समय देखि वेब होस्टिङ सेवा प्रदान गरिरहेको होस्ट बजारले विन्टर अफर ल्याएको छ ।
होस्ट बजारले होस्टिङ मात्र रू एक (१) मा खरिद गर्न सकिने अफर ल्याएको हो। अफर मा एक वर्षको होस्टिङ प्याकेजमा डट कम(.com) डोमेन पनि निशुल्क पाउने होस्ट बजारले बताएको छ ।
ग्राहकहरूलाई सहज बनाउन होस्ट बजारले बिहिबार देखि स्पेसल विन्टर अफर ल्याएको हो । यसमा एक वर्षको होस्टिङ प्याकेज खरिद गर्दा पहिलो महिनाको लागि एक रुपैयाँ मात्र पर्ने होस्ट बजारका धन बहादुर कार्कीले बताए ।
ग्राहकले खरिद गर्न चाहेका जुनसुकै Unlimited Hosting मा यो अफर लागु हुने छ । यो अफर पाउनको लागि ग्राहकले डोमेन पनि लिनै पर्ने कार्कीको भनाइ छ ।
कार्कीका अनुसार एक वर्षको होस्टिङ प्याकेज खरिद गर्ने ग्राहकले निःशुल्क डोमेन पनि पाउनेछन् ।
बिस्नु फडेरा । ५ माघ २०७९, बिहीबार १३:२४