लघुकथा: पिरती

नवराज न्याैपाने ‘माैन’

कलेज पढ्दा सुमित्राकाे सविनसँग गहिराे हिमचिम भयाे। कक्षामा सँगै बस्ने, सँगै खाजा खाने र बिदाकाे दिन डेटिङमा जाने क्रम बढ्न थाल्याे ।

याे कुरा दुवैका परिवारले थाहा पाए । जात फरक भएकाेले उनीहरुले स्वीकार गर्न सकेनन् । बरु उनीहरुकाे प्रेम छुटाउन तिर पाे लागे ।

सुमिनाकाे बाआमाले एकजना सजातीय केटा खाेजेर विवाह गरिदिए । सरकारी सेवामा अधिकृत तहकाे केटा भएकाेले सुमित्राका बाअामा ढुक्क थिए ।

दुल्हन फर्काउन आएकाे दिन सुमित्रा बजार जान्छु भनेर सीधै सविनलाई भेट्न गइन । अनि दुवैले भागेर इण्डिया जाने निधाे गरे ।

भाेलिपल्ट सुमित्राले इण्डियाबाट बाअमालाई फाेन गरिन् र आफू सविनसँग भागेकाे कुरा बताइन् । बाबाआमा केही दिन चिन्तित भए । पछि पीडा भुल्दै
गए ।

यता कलेजमा परीक्षा चल्दै थियाे भने उता भारतमा सविन र सुमित्रा दिनहुँ इट्टाभट्टामा मजदूरकाे रुपमा काम गरिरहेका थिए । पढाइ छुटे पनि पिरती नटुटेकाेमा उनीहरु खुशी थिए ।