डाेल्पामा एकजना युवाको शव भेटियो !

डाेल्पाकाे ठुलिभेरी नगरपालिका अन्तर्गत पर्ने थाक्चु खाेलामा एकजना युवाकाे शव भेटिएको छ ।
नगरपालिका अन्तर्गत वडा नं १० बस्ने पर्ने २८ बर्षिया नरेश विककाे शव भेटिएको हाे ।
मृतक विक घरदेखि पैंतालीस मिनेटको दुरीमा रहेकाे थाक्चु खाेलामा घाेप्टाे अवस्थामा मृत फेला परेकाे र निधारमा सानाे चाेट देखिएको जिल्ला प्रहरी कार्यालय डाेल्पाका प्रहरी निरीक्षक नवीन चापागाईंले जानकारी दिए ।
घटना दुई दिन अघिकाे भएपनि प्रहरीलाई बिहिवारमात्र जानकारी प्राप्त भएकाे उनले बताए ।
बिहिवार जिल्ला अस्पताल पुर्याइएकाे मृतक विककाे शव शुक्रबारमात्र पाेष्टमाडम गरिएको छ ।
पाेष्टमाडम भएपनि रिपोर्ट आउन बाँकी रहेकाे जिल्ला प्रहरी कार्यालय डाेल्पाले जनाएको छ ।
अस्पतालले पाेष्टमाडममा मृतककाे तर्फबाट एकजना आफन्त बस्छाै भन्दा पनि बस्न नदिएकाे मृतक विकका आफन्तले गुनासो गरेकाछन् ।
मृतकका आफन्तका अनुसार विक घाँस बेचेकाे पैसा उठाउन विहानै घरबाट निस्किएको र नआएपछि खाेजी गर्दा शव भेटिएको बताए ।