म्याच फिक्सिङमा ३ नेपालीसहित ७ खेलाडी र आयोजककाे संलग्नता ?

काठमाडौ,२५ पुस ।कीर्तिपुरस्थित टियू मैदानमा जारी नेपाल टि–२० लिगमा फिक्सिङ भएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले निष्कर्ष निकालेको छ। गतसाता खेलमा फिक्सिङको आशंका गरिएपछि सिआईबीले अनुसन्धान थालेको थियो

सिआईबीका अनुसार प्रारम्भिक अनुसन्धानबाट स्पट फिक्सिङ भएको देखिएको छ। प्रतियोगितामा देखिएका अस्वभाविक नतिजा र केहि खेलाडीको अस्वभाविक प्रदर्शनबाट नै फिक्सिङको चर्चा भएको थियो।

प्रारम्भिक अनुसन्धानबाट स्पष्ट फिक्सिङमा ७ खेलाडी संलग्न भएको पाइएको छ। जसमा ३ नेपाली र ४ विदेशी खेलाडी रहेको सिआईबीले जनाएको छ।

बेटिङ र फिक्सिङमा लिगको व्यापारिक तथा रणनीतिक साझेदार भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसकै संलग्न रहेको संकेत सिआईबीले गरेको छ। बेटिङ र फिक्सिङको चर्चा पछि सेभेन थ्री स्पोर्टसका मालिक जतिन अहुवालिया प्रतियोगिता चलिरहँदा भारतमा छन्।

गत सोमबार नै भारत पुगेका थिए । उनी भागेको भन्दै नेपाल क्रिकेट संघ ९क्यान०ले सम्झौता खारेजीको प्रक्रिया सुरु गर्ने बताएको थियो ।

सीआईबीले शंकामा रहेका खेलाडीहरुसँग बयान लिइसकेको छ । जसमा वेस्टइन्डिजका खेलाडी तथा विराटनगर सुपर किंग्सका कप्तान आन्द्रे म्याकार्थी लगायत खेलाडी छन्।

समूह चरणको खेल भइरहदा कमेन्टेटर सचिन तिमिल्सेनाले लिगमा फिक्सिङ भएको आशंका गर्दै आफू अलग भएको घोषणा गरेपछि लिग थप विवादित बनेको थियो। लगत्तै काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिमका एक खेलाडीलाई फिक्सिङका लागि ‘अफर’ गरिएको बताएका थिए।

लिगमा फिक्सिङसहितका अन्य अवैध गतिविधिको निगरानीका लागि क्यानले वीर सिंहको नेतृत्वमा एन्टी करप्सन युनिट खडा गरेको थियो। युटिनमा उजुरी आएको केहीदिन पछि कमेन्टेटर र खेलाडीले बोलेका थिए।

नियमअनुसार पहिला युटिनमा त्यस्तो उजुरी आउनु पर्ने हुन्छ। त्यसपछि नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसीलाई खबर गरेपछि अनुसन्धान गरेर गरी कारबाहीको प्रक्रिया अघि बढ्छ। काठमाडौ,२५ पुस ।कीर्तिपुरस्थित टियू मैदानमा जारी नेपाल टि–२० लिगमा फिक्सिङ भएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले निष्कर्ष निकालेको छ। गतसाता खेलमा फिक्सिङको आशंका गरिएपछि सिआईबीले अनुसन्धान थालेको थियो
सिआईबीका अनुसार प्रारम्भिक अनुसन्धानबाट स्पट फिक्सिङ भएको देखिएको छ। प्रतियोगितामा देखिएका अस्वभाविक नतिजा र केहि खेलाडीको अस्वभाविक प्रदर्शनबाट नै फिक्सिङको चर्चा भएको थियो।
प्रारम्भिक अनुसन्धानबाट स्पष्ट फिक्सिङमा ७ खेलाडी संलग्न भएको पाइएको छ। जसमा ३ नेपाली र ४ विदेशी खेलाडी रहेको सिआईबीले जनाएको छ।
बेटिङ र फिक्सिङमा लिगको व्यापारिक तथा रणनीतिक साझेदार भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसकै संलग्न रहेको संकेत सिआईबीले गरेको छ। बेटिङ र फिक्सिङको चर्चा पछि सेभेन थ्री स्पोर्टसका मालिक जतिन अहुवालिया प्रतियोगिता चलिरहँदा भारतमा छन्।
गत सोमबार नै भारत पुगेका थिए । उनी भागेको भन्दै नेपाल क्रिकेट संघ ९क्यान०ले सम्झौता खारेजीको प्रक्रिया सुरु गर्ने बताएको थियो ।
सीआईबीले शंकामा रहेका खेलाडीहरुसँग बयान लिइसकेको छ । जसमा वेस्टइन्डिजका खेलाडी तथा विराटनगर सुपर किंग्सका कप्तान आन्द्रे म्याकार्थी लगायत खेलाडी छन्।
समूह चरणको खेल भइरहदा कमेन्टेटर सचिन तिमिल्सेनाले लिगमा फिक्सिङ भएको आशंका गर्दै आफू अलग भएको घोषणा गरेपछि लिग थप विवादित बनेको थियो। लगत्तै काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिमका एक खेलाडीलाई फिक्सिङका लागि ‘अफर’ गरिएको बताएका थिए।
लिगमा फिक्सिङसहितका अन्य अवैध गतिविधिको निगरानीका लागि क्यानले वीर सिंहको नेतृत्वमा एन्टी करप्सन युनिट खडा गरेको थियो। युटिनमा उजुरी आएको केहीदिन पछि कमेन्टेटर र खेलाडीले बोलेका थिए।
नियमअनुसार पहिला युटिनमा त्यस्तो उजुरी आउनु पर्ने हुन्छ। त्यसपछि नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसीलाई खबर गरेपछि अनुसन्धान गरेर गरी कारबाहीको प्रक्रिया अघि बढ्छ।