सुख हुन्याहुन सोच्थे जैले,छोरो जन्मिया पछि ।
बसि बसि खाउंला तेइले, छोरो जन्मिया पछि ।।
रात सिनुनाइ दिउस खानुनाइ बाआमाको आजकल ।
लफांगो भै हट्टो ऐले, छोरो जम्मिया पछि ।।
चुवलाइ त चुइन्या कट्टा आफै रित्तो रलाइ भन्थ्या।
बुझ्न पाया जवाफ मैले,छोरो जम्मिया पछि ।।
दुख भरी ओखलमै कुट्ला सोच्याको थ्यां।
मुखाउदा कै लुट्न्याभैस तैले,छोरो जन्मिया पछि ।।
सिन्को भांचि दुई गर्यापै भोज गर्न्याछु गाउलेउ ।
त्यो मौका पाइन्याहो कैले ,छोरो जन्मिया पछि ।।
बिस्नु फडेरा । २३ पुष २०७९, शनिबार १०:०१