सबै विद्यार्थी संगठनको सल्लाह र परीक्षा, भर्ना कार्यतालिकालाई असर नपर्ने गरी विद्यार्थी कल्याण परिषद्ले निर्वाचनको मिति तय गरेको उनकाे दाबी छ।
त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले त्रिवि कार्यकारी परिषद्ले निर्णय गरेसँगै अब निर्वाचनको तयारीमा लाग्ने दाहालले बताए।
त्रिविले स्ववियु निर्वाचनका सम्बन्धमा त्रिवि पदाधिकारी, विभाग, संस्थान, नौ वटै संकायका डीन र परीक्षा नियन्त्रक तथा सबै विद्यार्थी संगठनका अध्यक्ष छलफल गरेको थियो।
त्रिविले स्ववियु निर्वाचन गर्न पटकपटक पहल गरे पनि हुन सकेको छैन। त्रिवि क्याम्पसमा विगत एक दशकदेखि स्ववियु निर्वाचन हुन सकेको छैन। प्रत्येक दुई-दुई वर्षमा हुने निर्वाचन २०६५ साल यता नियमित हुन नसकेको हो।
कर्णाली रैवार संवाददाता । २३ पुष २०७९, शनिबार ०८:५९