सर्केगाढ गाउंपालिकामा ४ जना कर्मचारी माग

हुम्ला,१४पुस । सर्केगाढ गाउँपालिकाले ४ जना करार कर्मचारी माग गरेको छ ।

हुम्ला जिल्ला सर्केगाढ गाउंपालिकाले  नेपाल सरकार, फिनल्याण्ड सरकार तथा सर्केगाढ गाउँपालिकाको संयुक्त सहकार्यमा पालिकामा  सञ्चालनमा रहेको सबैका लागि दिगो खानेपानी सरसफाई तथा स्वच्छता (SUSWA) परियोजनाका लागि वास प्राविधिक २ जना र सामाजिक परिचालक २ जना को लागि माग गरेको हो ।