हवाईजहाजबाट आँखै अगाडी मानसरोवर कैलाश पर्वत देख्दा (फोटो फिचर)

अविनाश लामा
शब्द÷तस्विर

नेपालको सबैभन्दा उच्च स्थानमा रहेको सदरमुकाम हो हुम्लाको सिमकोट । समुन्द्री सतह देखि २ हजार ९ सय मिटर उचाईमा रहेको सिमिकोट सास्कृतिक, प्राकृतिक तथा धार्मिक हिसाबले भरिपुर्ण भएर पनी गरीबीको उपमा पाएको हुम्लाले, पछिल्लो समय हिन्दु तथा बौद्ध धर्मावलम्बीको साझा तिर्थ स्थल मानसरोवर कैलाश जाने प्रवेशद्धार हुम्लाको सिमकोट भएपछी केही चर्चा परिचर्चा भएको हो तर जती चर्चा परिचर्चा पाउनु पर्ने हो त्यती पाउन सकेको छैन ।

राष्टिय तथा अन्तराष्टिय संचार माध्यमले पनी जहिले पनी गरीबी र पछाडी परेका कुराहरु मात्र उजागर गर्ने गरेका छन्  हुम्लाको बिषयमा । देशभर मात्र नभएर विश्वभर कोभिडका कारण सबै क्षेत्र तहस नहस भएको थियो । तर विस्तारै विस्तारै कोभिडलाई सहजीकरण गर्दै मानिसहरु घुम्न पनी जान थालेका थिए । यही कुरालाई मध्य नजर गरेर होला हुम्लाको सिमीकोट बाट पहिलोपटक माउन्टेन पलाईट भएको थियो । अझ बिशेष गरी मानसरोवर जाने नाका बन्द भएपछी भारतीय पर्यटकहरुलाई लक्षित गरेर माउन्टेन फलाईट सुरुवात गरको थियो । निजी लगानीको वायुसेवा कम्पनी समिट एयरले माउन्टेन फलाईटको सेवा शुभारम्भ गरेको थियो । सिमकोटबाट हुने माउन्टेन फ्लाइटको बिशेषता भनेको हिन्दु तथा बौद्ध धर्मावलम्बीको साझा तिर्थ स्थल मानसरोवर कैलाश पर्वत आँखै अगाडी देख्न सकिने हो ।

यो सहित छोङसा ताल,पन्चमुखी हिमाल, भिमदुला हिमाल, माउण्ट सैपाल लगायत दर्जनौ हिमश्रृङ्खलाको अवलोकन गर्न सकिन्छ । विगत लामो समयदेखि थलिएको पर्यटन व्यवसायलाई अगाडि बढाउन केही भएपनी यस्ले राहत मिल्ने थियो । तर तीनओटा टेस्ट फलाईट गरेपछी नागरिक उड्डयन प्राधिकरण हुम्लाले सिमकोटबाट हुने माउन्टेन फ्लाइट अहिले रद्द गरेको छ ।