अध्यक्ष-उपाध्यक्ष का आ-आफ्नै प्रशासकीय अधिकृत !

हुम्ला, १३ पुस । हुम्लाकाे अदानचुली गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षले छुट्टाछुट्टै प्रमुख प्रशासकिय अधिकृत राखेको खुलेको छ ।

स्थानीय तहमा एक जना प्रमुख प्रशासकिय अधिकृत रहने व्यवस्था रहेपनि अध्यक्ष र उपाध्यक्ष आ-आफ्नै निमित प्रमुख प्रशासकिय अधिकृत राखेको खुलेको हो ।
अध्यक्ष माेहन बिकम सिंहले आफ्नाे निकट मेगनाथ शाहीलाई निमित्त प्रमुख प्रशासकिय अधिकृत राखेका हुन भने उपाध्यक्ष कर्ण राेकाया (सुधार) ले निमित्त प्रमुख प्रशासकिय अधिकृत हंस महतारालाई राखेका छन । अध्यक्ष- उपाध्यक्ष विवादका कारण एउटै गाउँपालिकामा दुई जना निमित प्रमुख प्रशासकिय अधिकृत राखेको पाइएको हो ।

गाउँपालिकाकाे कार्यपालिकाकाे बैठकबाट हंस महतारालाई निमित्त प्रमुख प्रशासकिय अधिकृत नियुक्ति गरिएपनि अध्यक्ष माेहन बिकम सिंहले आफू निकट मेगनाथ शाहीलाई नियुक्ति दिएका छन । निमित्त प्रमुख प्रशनसकिय अधिकृतमा माओवादी निकट हंस महतारा हुन भने काँग्रेस निकट मेगनाथ शाही हुन ।

अध्यक्ष निकट निमित्त प्रमुख प्रशासकीय अधिकृत अध्यक्ष आफु जहाँ गयो त्यहि हिडाल्छन् भने उपाध्यक्षको पनि चाल त्यहि हो आफुजहाँ गए त्यतै हिडाल्ने गर्छन एक जना सेवाग्राहिले बताए ।

अध्यक्ष निकट निमित्त प्रमुख प्रशासकिय अधिकृत मेघनाथ शाहीले गाँउपालिको सम्पुर्ण आर्थिक कारोबार गर्दै आएका छन् । अधिकृत मेगनाथ शाही गाँउपालिमा हाजीर नभएको झण्डै ४ महिना भएको र गाँउपालिको सम्पुर्ण आर्थिक कारोबार सुर्खेतबाट भएको एक जना जिम्मेवार व्यक्तिले नाम नबताउने सर्तमा जानकारी दिएका छन् ।

स्थानीयको अनुसार अध्यक्ष र अध्यक्ष निकट निमित्त प्रमुख प्रशासकीय अधिकृत सुर्खेत केन्द्रीत भएको र झण्डै ४ महिना देखि गाँउमा नआएको बताएका छन् भने उता उपाध्यक्ष र उपाअध्यक्ष निकट निम्ति प्रमुख प्रशासकीय अधिकृत गाँउमै भए पनि जनताको कामहरु केही नभएको स्थानीयको गुनासो छ । अध्यक्ष र उपाध्यक्षको विवादले गर्दा सेवाग्रही र्मकामा परेका छन् ।

निर्वाचन भएको झण्डै ७ महिना वितिसक्दा पनि स्थानीयको समस्या उस्तै छ उनिहरुको गुनासो छ ।