गठबन्धनको बैठक बाट बाहिरिय प्रचण्ड कर्णाली रैवार संवाददाता । १० पुष २०७९, आईतवार १३:१९ काठमाडौं,१० पुस । आइतबार बिहानबाट बलुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग ‘वान टु वान’ र माधव नेपालसहित त्रिपक्षीय बैठकमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारबाट निस्किएका छन्। बालुवाटारबाट निस्किँदा प्रचण्डले सञ्चारकर्मीसँग कुनै प्रतिक्रिया दिएनन्। आइतबार साँझसम्ममा प्रधानमन्त्रीको लागि राष्ट्रपतिले दिएको समयसीमा सकिने हुँदा बिहानबाटै बालुवाटारमा सरकार गठनका लागि बैठक जारी थियो। यता सत्तागठबन्धनका अन्य नेता भने गठबन्धनको बैठक बस्न बालुवाटार पुगिसकेका थिए। प्रचण्ड निस्किएपछि बैठक अनिश्चित बनेको छ। प्रधानमन्त्रीका लागि कांग्रेस र माओवादीसँग सहमति हुन सकेको छैन । यसअघि खुमलटारमा बसेको माओवादी पदाधिकारी बैठकमा माओवादीले प्रधानमन्त्री नपाए सरकारमा सहभागी नहुने निर्णय गरेको छ। यता कांग्रेसले भने राष्ट्रपति र प्रधानमन्त्रीमा आफ्नो दाबी गर्दै आएको छ। कर्णाली रैवार संवाददाता । १० पुष २०७९, आईतवार १३:१९
कर्णाली रैवार संवाददाता । १० पुष २०७९, आईतवार १३:१९