बिमा प्राधिकरणको जुम्लामा अन्तरक्रिया !

जुम्ला, ७ पुस । बिमा सम्बन्धी समसामयिक छलफल तथा अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल बिमा समिती कणाली प्रदेश को आयोजनामा जुम्लामा रहेका बिमा कम्पनिका निर्जिवन र जिवन बिमाका प्रतिनिधि हरु बिच कार्यक्रम सम्पन्न भएको हो ।

सहभागिहरु

कार्यक्रम मा प्रमुख अथिती तथा जिल्ला समन्वय प्रमुख गौरिनन्द आचार्यले पछिल्लो समयमा जनतामा बिमा सम्बन्धी ज्ञान बढेको महशुस भएको बताए । उनले घटना घटिसकेपछि मान्छेले बिमा गर्न पर्ने रछ भनेर बुध्दी आउने कारण घटनामा क्षती ब्यहोर्न परेको बताए । आचार्यले स्थानिय स्तरमा आवस्यक्ता पहिचान गरि नियम पुर्वक बिमा गर्दिने बानी बसाल्न आफू प्रतिबध्द रहेको बताए ।
कार्यक्रम मा नेपाल बिमा प्राधिकरण कणाली प्रदेश प्रमुख पदम बहादुर सोडारी ले नेपाल सरकारले प्रदेश सरकार संग समन्वय गरेर प्रकृति प्रकोप बिमाको बिमितले भुक्तानी नपाउदा बिमा प्रती जनता उत्साहित नभएको तथ्यांक रहेको बताए । उनले बिमा गर्ने सबै कम्पनीहरुले स्पस्ट रुपमा सहजिकरण गर्ने हो भने निर्जिवन र जीवन बिमा लगाएत अन्य बिमाले भविस्य को लागि जोखिम बहन गर्न सक्ने तर्क राखे । सोडारिले बिमा पोलिसी मात्र नभै सहयोगी को रिपमा खडा भएको बताए ।बिमाले जस्लाइ आवस्यक परेको बेला सहयोग गर्ने उदेस्य बोकेको हुन्छ सोडारिले भने ।”
बिमा क्षेत्र बिस्वासमा अडियको हुंदा यो क्षेत्रमा हुने सबैले बिस्वास दिलाउन सक्नु पर्ने तर्क सोडारिको थियो । आगामी दिनमा बिमा प्राधिकरणले बिमामा छल कपट गर्नेहरुको लागि कतै पनि योग्य नहुने गरि नामांकरण गर्ने एउटा बिमा सुचना केन्द्र को ब्यबस्था गरिने उनले बताए।
कार्यक्रममा स्वास्थ्य बिमाले ३ महिना पछि काम गर्ने हुदा बिरामी आज हुने तर बिमा कार्ड हातमा हुंदा हुँदै पैसा तिरेर सेवा लिनु पर्ने अवस्था हुदा यो अवस्था पुनर्बिचार गरिदिन उपस्थितले आग्रह गरेका थिय । त्यसैगरी जुम्लामा रहेका बिमा कम्पनिले स्याउ, ओखर, सिमि लगायतको बिमालेख गर्ने तर तुषारोले सखाप हुंदा असिनाले सखाप पारेको भुक्तानी पाउँदा राज्यको नितिनै सहि नभएको तर्क गरेका थिय ।         
त्यसै गरि कार्यक्रममा जुम्ला स्थित विभिन्न कार्यालय प्रमुख, उधोग बाणिज्य संघ जुम्लाका अध्यक्ष, बिमा कम्पनिका प्रमुख तथा प्रतिनिधिको उपस्थिती रहेको थियो । उक्त कार्यक्रम बिमा प्राधिकरण कणाली प्रदेश का उपप्रमुख राजेन्द्र महर्जन ले सहजिकरण गरेका थिय ।