हुम्ला, ३ पौष । जिल्ला कृषि विकास कार्यालय कर्मचारी विहिन भएपछि सेवाग्राही मर्कामा परेका छन ।
कार्यालयका प्रमुख र लेखापाल विहिन भएसँगै याेजना सम्झाैता गर्न आएका सेवाग्राही मर्कामा परेका हुन ।
दुई तीन पैदल हिडेर सदरमुकाम सिमकाेट पुगेका चंखेली,अदानचुली ताजाँकाेट गाउँपालिकाका विभिन्न गाउँबाट आएका सेवाग्राही मर्कामा परेका हुन ।
कृषि विकास कार्यालयका प्रमुख चन्दभुषण झा र लेखापाल रामाकान्त आर्चाय जाडाे छल्न शहर झरेका छन ।
सिचाईकाे सम्झाैता गर्न सदरमुकाम सिमकाेट पुगेका सर्केगाड गाउँपालिका- १ तुम्चका दन्तबहादुर मल्लले कार्यालय प्रमुख र लेखापाल कार्यालयमा नभएकाे बताए । कार्यालयमा दुई जना कर्मचारी छन मल्लले भने । टाडाे कुला सिचाईकाे सम्झाैता गर्न सदरमुकाम सिमकाेट पुगेका सर्केगाड गाउँपालिका-१ तुम्चका सुरेन्द्र रावतले जानकारी दिए ।
८ लाख काे याेजना हाे हाेटलमा खाएर सकिन्छ हाेला बिहान बेलुका खाना बस्नकाे चार सयकाे दरले खर्च हुन्छ रावतकाे भनाई छ ।
१३ जना दरबन्दी रहेकाे कृषि विकास कार्यालय हुम्लाका सुचना अधिकारी निर्मल लामाले बताए ।
प्राविधिकहरू कार्यालय फिल्डतिर गएका छन । कार्यालय प्रमुख तालिममा छन लेखपाल पनि जिल्ला बाहिर रहेकाे सुचना अधिकारी लामाले बताए ।
कार्यालय प्रमुख झा र लेखापाल आर्चाय कार्यालयमा नहुदाँ सेवाग्राही सेवाबाट बञ्चित देखिएका छन ।
दुई जना कर्मचारीकाे भरमा कृषि विकास कार्यालय सञ्चालनमा छ ।
कर्णाली रैवार संवाददाता । ३ पुष २०७९, आईतवार १८:१५