बिस्नु फडेरा ।हुम्ला,२ पौष। हुम्ला जिल्ला को सर्केगाड २ रिप गाउमा पर्ने रिपगाडमा पुल नबन्दा पैदल यात्रु जोखिम मा यात्रा गर्न बाध्य भएका छ्न । सदरमुकाम बाट करिब १६ कोष टाढा पर्ने रिप गाड खोलामा भएको झोलुंगे पुल हुंदापनी पाएक पर्ने ठाउमा नबन्दा यात्रु अस्थायी काठ को पुल प्रयोग गर्थे। ८ बर्ष अघि नियमित बाटो भन्दा ५ सय मिटर माथी झोलुंगे पुल बन्दा रिप लगायत अन्य गाउंका बासिन्दाले बिरोध जनायका थिय । नाम मात्र को पुल भएपनी पशु चौपाया लगायत मानिसहरुको नियमित ओहोर दोहोर भने खोलामा भएको अस्थायी काठे पुल बाट हुने गरेको रिप का एक बासिन्दाले बताए ।
यो खोला को पुल ४ पालिकाका बासिन्दाको लागि महत्वपुर्ण मानिन्छ । तर पुल बेकाम ठाउमा लगाउंदा हिंउद बर्खामा काठ्को पुल बाट यात्रा गर्न पर्दा यात्रा जोखिम रहेको चंखेली गाउँ पालिकाका भैर तामांङ ले बताए । बर्खामा पानीको बहाब ठूलो हुने हुंदा हत्केलामा जिउ राखेर काठ को पुल तर्न पर्छ तामाङले भने । सदरमुकाम सिमिकोट आउन/जान चंखेली, अदानचुली, सर्केगाढ र चंखेली गाउपालिकाका बासिन्दाको लागि रिपगाढ खोलको पुल अनिवार्य रहेको रिपका धन बहादुर कार्किले बताए ।
"
बिस्नु फडेरा । २ पुष २०७९, शनिबार ११:४५