हुम्ला, १ पुस । पहिलो बामपंथी प्रधानमन्त्री मनमाेहन अधिकारी स्मृतिमा भवनकाे शिलान्यास गरिएकाे छ ।
नेकपा एमाले हुम्लाले प्रथम कम्युनिस्ट प्रधानमन्त्री मनमाेहन अधिकारीकाे नाम स्मृतिकाे शिलान्यास गरेकाे हाे ।
नेकपा एमालेका जिल्ला कमिटि उपाध्यक्ष डबल रावतद्वरा मनमाेहन स्मृति भवनकाे शिलान्यास गरिएकाे नेकपा एमालेका जिल्ला सचिव तिर्थराज बाेहराले जानकारी दिए । एमालेकाे पार्टी कार्यालयकाे लागि तिनकाेठे भवनकाे शिलान्यास भएकाे सचिव बाेहराले बताए । पहिला पार्टी कार्यालय भाडामा बस्दै आएपनि अब मनमाेहन स्मृति निर्माण भएपछि आफ्नै भवनमा सर्ने सचिब बाेहराकाे भनाई छ।
कर्णाली रैवार संवाददाता । १ पुष २०७९, शुक्रबार १८:०२