हेर्नुहोस्, प्राथमिकतहको हुम्ला जिल्लाको नतिजा

भक्तपुर । शिक्षक सेवा आयोगले गएको मंगलवार देखि अस्थायी शिक्षकको प्राथमिक तहको नतिजा  प्रकाशन गर्न शुरु गरेको छ । यसअघि माध्यमिक तह र निम्न माध्यमिक तहको नतिजा सार्वजनिक गरेको आयोगले मंगलवार देखि जिल्लागत रुपमा प्रावि तहको नतिजा प्रकासन गर्न शुरु गरेको हो ।

यसअघि आयोगले मावि र निमावि तहको नतिजा विकास क्षेत्रका आधारमा सार्वजनिक गरेको आयोगले प्रावितहको नतिजा भने जिल्लागत रुपमा सार्वजनिक गरेको हो ।

आयोगले शनिवार प्राथमिक तहको हुम्ला जिल्लाको नतिजा सार्वजनिक गरेको छ ।

अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धा गराउन असार २९ र ३० गते परीक्षा लिइएको थियो । परीक्षामा अस्थायी दरबन्दी कायम रहेको २२ हजार ७९ पदका लागि अस्थायी शिक्षकबीच प्रतिस्पर्धा भएको थियो ।  शिक्षकका फरकफरक समूहले फरकफरक माग राख्दै आन्दोलन गरेकाले आयोगले पाँचौ पटकको प्रयासमा अस्थायी शिक्षकका लागि परीक्षा लिन सफलता पाएको थियो ।

यसबाहेक आयोगले खुला प्रतिस्पर्धाबाट १२ हजार ७ सय ३९ दरबन्दीमा शिक्षक नियुक्त गर्न असोज ११, १२ र १३ गते परीक्षा सञ्चालन गरेको थियो ।