हुम्ला– नेपाली सेना बराहदल गुल्म रानिवन ब्यारेकले माइन जाेखिम सम्बन्धि एक दिने कार्यक्रम संञ्चालन गरेकाे छ । जिल्ला समन्वय समिति हुम्लाको सभा हलमा मंगलबार नेपाली सेना बराहदल गुल्म रानीवन ब्यारेक साे कार्यक्रम गरेकाे हाे ।
सेनाले आयाेजना गरेकाे कार्यक्रममा स्वागत मनत्वयमा दिदै बराहदल गुल्म रानीवनका गुल्मपति सेनानी सुरेन्द्र श्रेष्ठले निर्वाचनको दौरान माईनबाट हुन सक्ने जोखिम र त्यसबाट कसरी सुरक्षित हुन सकिन्छ भन्ने विषयमा जानकारी दिनुभयाे ।
त्यसै गरि बराहदल गुल्मका उप सेनानी पवन पन्तले कक्षा संचालनको दौरान माईनलाई कसरी चिन्ने, माईन देखा परेमा के गर्ने, कसलाई जानकारी गराउंने भन्ने कुराको जानकारी गराउंनु भएको सेनाले जनाएको छ ।
उक्त कक्षामा स्थानियबासी, विद्यालयका विद्यार्थी, निर्वाचनको दौरान परिचालन हुने नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरीको समेत सहभागीता रहेको थियो ।
कर्णाली रैवार संवाददाता । ३० कार्तिक २०७९, बुधबार १७:०८