राष्ट्रपति भण्डारी जुम्लामा

जुम्ला -राष्ट्रपति विद्यादेवि भण्डारी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा सुरु हुन थालेकाे एबिबिएस अध्ययन शुभाराम्भ गर्नका लागि जुम्ला अाएकी छन् ।
चिकित्सा शिक्षा आयोगले एमबिबिएसका लागि २० कोटा छुटाइएकोमा १९ जना भर्ना भएको छन् । भने बि फर्ममा २० कोटा निर्धारण भएको ११ जना,बिएनएस तर्फ १६ जना,बिएमएस तर्फ ८ र बीपीएच तर्फ ६ जना विद्यार्थी भर्ना भएका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रति राष्ट्यि र अन्तराष्ट्यि जगतको ध्यान केन्द्रित गर्न एमबिबिएस उद्घाटनका लागि राष्ट्पति ल्याउन लागिएको रजिष्टार महतको भनाई छ । उनले भने “कर्णालीमा एमबिबिएस सञ्चालन हुनु देशकै गौरबको विषय हो । यसलाई सफल पार्न सबैको सकरात्मक सहयोग आबश्यक रहेको छ । विगतमा डाक्टर खोजी खोजी उपचार गर्ने कर्णालीका नागरिकले सेता एप्रोनधारी डाक्टर रोजी रोजी उपचार गर्नेछन् ।”

त्यसका साथै राष्ट्रपति भण्डारीले ७६ करोड लागतमा बन्दै गरेको प्रतिष्ठानको शैक्षिक भवनको पनि शिलन्यास पनि गरेकी छन् ।