नेकपाभित्र विभाजन देखिएपछि केपी ओली नेतृत्वको नेकपालाई समर्थन गरेका कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले प्रचण्ड–माधव समूहमा फर्किएको घोषणा गरेका छन ।
नेपाल कम्युनिष्ट पार्टी हुम्ला जिल्लाका सचिव समेत रहेको मन्त्री रावल आइतबार वक्तव्य जारी गर्दै केपी समुह छोडेर प्रचण्ड–नेपाल समुहमा फर्किएको बताएका हुन।
मन्त्री रावल फर्किएसँगै हुम्ला जिल्लामा प्रचण्ड–माधव समूहको नेतृत्व स्पष्ट बहुमतमा देखिएको छ । जिल्ला अध्यक्ष लालकेश केसी प्रचण्ड–माधव समुहमा नै छन् ।
यस्तो छ समीकरण
प्रचण्ड–नेपाल समूह
प्रचण्ड नेपाल समुहमा नेकपाका हुम्ला जिल्लाका अध्यक्ष लालकेश जैसी, जिल्ला इन्र्चाज बिजय भण्डारी, छक्कबहादुर लामा, उनका स्वकीय सचिव नेत्र महतारा,छिर्मीदोर्जी लामा,हस्तबहादुर शाही,कलबहादुर हमाल,लोकबहादुर हमाल,ज्ञामी बुर्मी,तिर्थराज रोकाया,कार्चेन लामा,पुर्णप्रसाद ढकाल,शिवराज शर्मा, महेन्द्रबहादुर शाही ,अदानचुली गाउँपालिका उपाध्यक्ष सौमति ऐडी, र ताजाँकोट गाउँपालिका अध्यक्ष बागदल मल्ल, उपाध्यक्ष मञ्जु बुढा,गोपाल बुढा,अखबिर खड्का,चखेली गाउँपालिका अध्यक्ष धनलाल चौलागाई, सर्केगार्ड गाउँपालिका अध्यक्ष कृष्ण रोकाया,उपाध्यक्ष जोशी धामी,नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामा नरदीप थापा,डबल रावत,मुस्कान लामा,अजमल बुढा,दलपती नेपाली, र युवा संघ हुम्लाका संयोजक,सुवास रोकाया,,सहसंयोक कार्मा लामा,केन्द्रिय सदस्य अखिल शाही,प्रेमा लामा उपेन्द्र शाही लगायतका नेता कार्यकताहरु प्रचण्ड नेपाल समुहमा उभिएका छन । ओली पक्ष भन्दा जिल्ला कमिटिमा बहुमत भएको प्रचण्ड नेपाल पक्षको दाबी रहेको छ ।
केपी ओली समूह
जिल्लाका अधिकाश नेता कार्यकर्ताले प्रचण्ड नेपाल समुह रोजेपछि केपी ओली पक्ष कमजोर देखिएको छ । गोरखबहादुर बोगटी, अदानचुली गाउँपालिका अध्यक्ष दल फडेरा, चंखेली गाउँपालिका उपाध्यक्ष बिमला शाही,गोकुल बुढा, खार्पुनाथ गाउँपालिका उपाध्यक्ष रुपा शाही रहेको छन । जिल्लाका सबै समुहले प्रचण्ड नेपाल समुह रोजेपछि ओली पक्ष अलपमतमा परेको छ । नयाँ पत्रिकाबाट
नरजन तामाङ । १९ पुष २०७७, आईतवार १५:४८