डा. केसीको समर्थनमा हुम्ला जिल्ला अस्पतालमा धर्ना

हुम्ला–चिकित्सा क्षेत्र सुधारको माग राख्दै अनशनरत डा. गोविन्द केसीको जीवनरक्षाको माग राख्दै जिल्ला अस्पताल हुम्लामा धर्ना दिएका छन ।
शुत्रबारबाट एकघण्टा सम्म जिल्ला अस्पताल हुम्लाका डाक्टर देव गजमेरको नेतृत्वमा डा.गोविन्द केसीको जीवनरक्षाको माग गदै धर्ना दिएको जानकारी डा. देव गजमेरले दिएका छन् ।
उनले भने यदि सरकारले स्वास्थ्य क्षेत्रका विभिन्न प्रकारका जायज मागहरुको समयमै सम्बोेधन गरेर डा. केसीको जीवन रक्षाका कामहरु तत्काल नगरे हामीहरुले अझ कडा गतिविधिहरु सञ्चालन गर्ने छौं ।
हिमाली जिल्ला हुम्लामा पनि सीमित मात्रामा उपलब्ध भएका स्वास्थ्य सेवामा बाधा परेमा सरकार नै जिम्मेवार हुने कुरा नागरिक समाजका प्रतिनिधि अर्जुन वोहराको भनाई रहेको छ ।
यसैले नेपालभरीका स्वास्थ्यकर्मीहरु आन्दोलित भएर कोरोनाको महामारीको समयमै यस्ता वेपरवाह काम गरेर सरकार नै जिम्मेवार हुने स्वास्थ्यकर्मीहरुको मत रहेको छ ।