वडाध्यक्ष हमाल रहेनन्

सिमकोट । केही समय अघि लडेर गम्भर घाइते भएका खार्पुनाथ गाउँपालिका–४ का वडाध्यक्ष लोकजङ्ग हमालको निधन भएको छ ।

आप्mनै घरको छतबाट लडेर घाइते भएका वडा अध्यक्ष हमालको थप उपचारका लागि काठमाडौं लैजाने क्रममा नवलपरासीमा निधन भएको हो ।

घाइते भएरका हमाललाई जिल्ला अस्पताल हुम्लामा उपचार हुन नसकेपटिछ एक साता अघि नेपालगञ्ज लगिएको थियो । नेपालगञ्जमा समेत उपचार नहुने भएपछि उनलाई बिहीबार काठमाडौँ रिफर गरिएको उनका भाई बबरजंग हमालले जानकारी दिए। उनका अनुासर रिफर गरेपछि गाडीमा काठमाडौँ लैजाने क्रममा नवलपरासीमा मृत्यु भएको हो ।

मृतक हमालको नेपालगञ्जस्थित राप्ती नदीमा अन्त्येष्टि गरिने परिवारजनले बताएका छन्। गत भदौ १९ गते हमाल छतबाट लडेर घाइते भएका थिए। ३७ वर्षका हमाल २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट विजयी भएका थिए।