हुम्ला– देशमा कोरोना भाईरसले आक्रान्त भएको बेला हुम्ला जिल्लामा प्रहरीको तपाईको मुखमा मास्क खै अभियान सुरु गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालय हुम्लाले मास्क लगाउ भन्दै अभियान सुरु गरेको हो ।
हरेक व्यक्तिलाई घर बाहिर निस्कने बितिकै मास्क अनिवार्य गर्ने ध्येयले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालय हुम्लाले अभियान सञ्चालन गरेको छ ।
सिमकोट बजारमा अनिवार्य रुपमा मास्क लाउनका लागि प्रहरीले पटक पटक अनुरोध जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरिक्षक सुर्यप्रकाश सुवेदीले जानकारी दिए ।
बजार क्षेत्रमा हिडडुल गर्दा अनिवार्य रुपमा मास्क लगाउनु पर्ने समय आउने कुरा तर्फ नायब उपरिक्षक सुवेदीले संकेत दिएका छन ।
समुदाय प्रहरीको मास्क खै अभियानलाई स्थानीयले सामान्य रुपमा लिएका छन । सिमकोट बजारमा मास्कको मुल्य ५० रुपैयादेखि ७ सय रुपैया सम्ममा बिक्रि हुदै आएको छ ।
कर्णाली रैवार संवाददाता । २ भाद्र २०७७, मंगलवार १३:०८