हुम्ला– केही दिनयता भइरहेको अविरल वर्षाका कारण हुम्लाको ताजाँकोट गाउँपालिकामा बाढीले झण्डै ३ सय घरधुरी विस्थापितभएका छन् । लगातार परेको अविरल वर्षाले ताजाँकोट गाउँपालिका वडा नम्बर २,३ र ४ नम्बर वडाका सयौ घर भत्किनुका साथै ३ घरधुरी विस्थापित भएका हुन् ।
छप्रेला बजारको घर, होटेल पसल गरी १८ घरधुरी र ताजाँकोट गाउँपालिका कार्यालय समेत उच्च जोखिम रहेको उपाध्यक्ष मञ्जु बुढाले जानकारी दिइन् । बाढीले खेतबारीका धाँन,कोदो, चिनो, लगायतका बालिनाली समेत बाढीले बगाएर लिएको छ ।
अध्यक्ष,उपाध्यक्ष र प्राविधिक कक्ष बाढीले बगायो
ताजाँकोट गाउँपालिका अध्यक्ष बाग्दल मल्ल उपाध्क्ष मञ्जु बुढा र प्राविधिकको कार्य कक्ष समेत बाढीले भत्काई दिएको छ । गाउँपालिका कार्यालय समेत उच्च जोखिम रहेको र अध्यक्ष मल्ल भाडामा बस्दै आएको घर समेत भत्किएको गाउँपालिकाले जनाएको छ । छप्रेला बजारका होटेल पसल र घरहरु भत्किएपछि यहाँ पनि विस्थापित भएका छन ।
बाढीले उतिसेनी,छप्रेला,बजार भदालदिपु,गल्लावाडा,खर्रा, देउलागैरा चौतारीवाडा भियालवाडा काउलामगडा लगायत घरहरु भत्कीएको उपाध्यक्ष बुढाले बताइन् ।
निरन्तर परेको वर्षाले ताजाँकोट गाउँपालिकामा लाखौ जग्गा जमिन क्षति हुनुका साथै सयौ घरपरिवार विस्थापित बनेका छन ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरिक्षक सुर्यप्रकाश सुवेदीका अनुसार गाउँपालिका कार्यालय सहित १८ वटा घर पसल होटेलहरु उच्च जोखिम रहेको जानकारी दिए ।
छप्रेला बजारका धनरुप सार्की,जगत शाही धिरेन्द्र शाही,अदिचन्द्र शाही,गोरख थापा,राजेन्द्र शाही,अच्च शाही पदमलाल सुनार डिलबहादुर शाही मुने थापा चन्द्र थापा,बले सार्की मनिकण्ठ जैसी कृष्णा हमाल,मंगल सार्की,कल्पना शाही अम्मर शाही लगायत घर पसल र ताजाँकोट गाउँपालिकाको कार्यालय समेत उच्च जोखिम रहेको प्रहरी नायब उपरिक्षक सुवेदीले बताए ।
ताजाँकोट गाउँपालिका–४ कै उतिसेनी, खर्रो, देउला गैरामा रहेको दलित बस्तीनजिकै पहिरो गएपछि उनीहरू घर छोडेर त्रिपालमुनि बस्न बाध्य छन । रातभरी परेको वर्षाले गाउँपालिका प्रत्येक वडाहरुमा क्षति पुगाएको छ ।
कर्णाली रैवार संवाददाता । ३१ श्रावण २०७७, शनिबार २१:५०