हुम्ला । समय र घटना यति मूल्यवान हुन्छन् कि जसलाई हामीले कहिल्यै चाहेर किन्न सक्दैनौं । पाउन पनि सक्दैनौं । कहिले काहीँ जीवनमा रमाइला र अनौठा घटना हाम्रा सामु खडा हुन्छन् । जसलाई हामीले न कल्पना गरेका हुन्छौं न साँेचेका नै । जीवन भोगाइमा त्यही नै मज्जा आउने रहेछ । त्यसैलाई नै जीवन भोगाइको अमूल्य साधन मानिने रहेछ क्यार ! जीवनमा सुखै–सुख मात्र हुन्थ्यो भने सायद दुःख भन्ने जिन्दगीको शब्दकोशमा नै हुन्नथ्यो होला । त्यसैले त सुख र दुःख एक सिक्काको दुई पाटा भनेका होलान मानिसहरुले । जीवन भोगाइका क्रममा उकाली–उकाली झर्नु पर्नेरहेछ । जीवनमा भोगेका केही घटना अविस्मरणिय हु्न्छन् । सम्झनामा आइरहन्छन् । त्यस्तै भएको छ एउटा यात्रा ।
कामकै शिलशिलामा अनुभव, भोगाइले जीवनलाई अथ्र्याउने रहेछ । जीवनलाईबुझाउँदो रहेछ । यहाँ मैले भोगेको समस्या कोही कसैको लागि सामान्य हुन सक्छ, अचम्म लाग्न सक्छ, अपत्यारिलो लाग्न सक्छ । जे होस्, यो भोगाई कसैको लागि पाठ पनि हुन सक्छ । तसर्थ आज मैले यो तपाईँहरूसामु सार्वजनिक गरेको छु । भोगाइका ती पललाई मेरो स्मरणमा राख्नकालागिपनि यो लेखेको हो ।
२०७५ साल भदौ १६ गतेको दिन समाचार संकलनको लागि सिमकोट विमान स्थलबाट हुम्लाको उत्तरी चीनको सीमाना जोडिएको हिल्साको लागि हेलिकोप्टरमा विहान ९ बजे यात्रा सुरु गरेँ । हेलिकोप्टरको झ्यालबाट रमणीय दृश्यको फोटो र भिडियो खिच्न म व्यस्त थिएँ ।
त्यसबेला मसँग अपरिचित ३ जना साथीहरू पनि सोही हेलिकप्टरमा थिए । सिमकोट विमानस्थलदेखि १५ मिनेटको उडानपछि हिल्सामा अवतरण हुन भयौं । हिल्सा हेलिप्याडमा झरेपछि फोटो र भिडियो खिच्न लागेँ । १० बजे खानाका लागि स्थानीय मानसरोबर होटेल एण्ड रेष्टुरेन्टमा खाना खाने र त्यहीँ एकरात बास बस्ने निर्णय गरँे । बास बसियो । होटेलका मालिक कार्मा लामासँग भेटघाट भयो । बेलुका ११ बजेसम्म कुराकानी गर्दे बसियो ।
भोलि पल्ट लिमी यात्राको लागि मनमा कुरा खेलाउँदै थिएँ । लामाले बिहान ६ बजे हिडियो भने मात्रै लिमीको तिलगाउँ पुगिन्छ भनेर जानकारी दिए । उनले बिचमा कुनै पनि बस्ती नभएको र खाने कुरामा समस्या पर्ने भएकाले विस्कुट चाउचाउ बोक्न सुझाब दिए । मैले बिहान उठेर चाउचाउ र जुस किनेर झोलामा राखेँ । चीनको सीमाना हँदै लिमीको यात्रामा उकालो चढेँ । बाटोमा पर्ने रंगीन हिमाल, मानसरोवर कैलाशको मुहान भएर बग्ने कर्णाली नदीले यसको अझ सौन्दर्य बढाएको छ । त्यहाँ पुग्ने जो कोहीपनि प्राकृतिक सौन्दर्यले आनन्दित हुन्छन् । नयाँ दृश्यको फोटो र भिडियो खिचेँ ।
तीन घण्टाको बाटोमा हिँड्दा कसैलाई भेटिएन । ३ घण्टापछि झयाम्पाले भन्ने स्थान मामानिसहरू लिमीतिर हिँडदै थिए । लिमी उपत्यकामा सञ्चालन हुन लागेको लिमी महोत्सवको लागि सुरक्षामा खटिएका सुरक्षाकर्मीहरूसँगै त्रिभुवन विश्वविद्यालयका उपप्रध्यापक डिबी लिम्बु र गायीका झुमा लिम्बु लिमी जान हिँडेका रहेछन् । गायीका झुमा र सुरक्षामा खटिएका सुरक्षाकर्मी अगाडि हिँडिसकेका थिए । लिमीको तिल गाउँबाट २ जना महिलाहरू छेवाङ्ग साम्बु र छिरिङ्ग तामाङ ठूला–ठूला झोला बोकेर चीनको ताक्लाकोटमा व्यवसाय गर्न हिँडेका थिए । उनीहरू झाम्पाले भन्ने स्थानमा आफूसँग बोकेका भोटे चिया बनाउन थाले डिबी सर र म बस्यौं । छेवाङ्ग साम्बु र छिरिङ्ग तामाङले ढुङ्गाको ओदान बनाएर चिया बनाउन थाले ।
हामी बिहानबाट चिया नास्ता मात्रै खाएका थियौं । उनी २ जना दिदीबहिनीहरूले हामीहरूलाई पनि खानुहोस् । यो भन्दा अगाडि बस्ने बास पनि छैन । खाना पनि पाइदैन भनिन् । आफूसँग ल्याएको खानेकुरा दिए । हामीले पनि सँगै बसेर खायौँ । उनीहरूसँग कता जानुहुन्छ भनेर प्रश्न गर्न गरेँ । नेपाली कुरा राम्रोसँग बुझदैन उनीहरु । तर, छेवाङ्ग सामुले अलिअलि बोल्न थालिन् । चीनको ताक्लाकोट जान लागेको हो भनिन् । उनीले हामीलाई छिटो जानुहोस्, बीचमा बास बस्न ठाउँ छैन । ढिला गएपछि बेलुका बास पनि नपाइएला भनेपछि हामी लिमीतिर हिँड्यौं । उनीहरू चीनको ताक्लाकोट हिँडे । हामीसँगै हिँडेका सुरक्षाकर्मी र झुमा लिम्बु एक घण्टाको दुरीमा फरक परेको थियो ।
सुरक्षाकर्मी र झुमालाई कुनै हालतमा हामीले भेटेनौं । सुन्दर दृश्यका कारण थकाईको महसुस भएन । जब ४ हजार ५ सय उचाईको तिल लेखमा पुगेको टाढाबाटै देखियो । डिबी सरलाई ४ हजार ५ मिटर उचाईको यात्रामा समस्या आयो । सिधा उकालोमा डिबी सरको झोला मैले तिल लेखसम्म बोकेर पु¥याए पनि उहाँ हिँड्न सक्नु भएन । तिल लेखमा हामी दुवै जनाले अगाडि गएकालाई भेटायौँ ।
लिमी हुम्लाको सुन्दर बस्ती जाने हुनाले ४ हजार ५ सयको उचाई हाम्रो लागि कुनै कठिनाई बनेन् । हिम तालबाट बगेर आएका साना खोलाको छङछङ आवाज, सम्म परेको फाँट देखेर ठूला–ठूला तारे होटेल बनाएको भए पर्यटकको गन्तव्य स्थल हुन्थ्यो होला मनमनै सोँचेँ । बोट विरुवा, वन्यजन्तुलगायत अन्य अनुसन्धान केन्द्र स्थापना भएको भए कस्तो खालको आय आर्जन हुन्थ्यो होला ? यात्रासँगै प्रश्न खेलिरह्यो । बाटोमा भेटिने जडिबुटीलगायत अन्य सुगन्धित फूलको मगमगाहट तुलना गरी साध्य छैन । वनैभरी शहरमा किनेको मेरो झोलाको परफ्युमभन्दा कडा बास्ना लगातार आइरहेको थियो । बाटोका पहाडमा र हिमालमा पाइने ढ्ङ्गापनि बुट्टेदार, रंगिन देख्दै रमाइलो, हेरिरहुँ लाग्ने, कुनै चित्रकारले कुँदेका बुट्टाभन्दा बढी आर्टेिष्टक र मनमोहक थिए ।
सुन्दर दृश्यको अवलोकन गर्दै हिँडेका कारण लखतरान भयौं । हामीसँगै आएका सुरक्षाकर्मीहरू फोटो खिच्दै थिए । कोही सुरक्षाकर्मीहरु ‘यस्तो ककुर बस्ने ठाउँ’ भन्दै थिए । तर, हामीलाई थकाई भन्दा आन्नद महसुस भएको थियो । डिबी सरले एक महिना यही बस्न पाए हुन्थ्यो भन्दै हुनुहुन्थ्यो । लिमीको तिलगाउँ बस्ने हामी तीनजनाको निर्णय भयो । हामीसँगै आएका सुरक्षाकर्मी रातारात महोत्सव स्थल हल्जी पुग्नपर्ने भएकोले उनीहरू लिमीको हल्जीगाउँतर्फ प्रस्थान गरे । बेलुका झण्डै ६ बज्न थालेको थियो । डिबी र झुमा बिस्तारै जाने निर्णय गर्दै थिए । मैले छिटो जानुपर्छ भनेपछि अस्वीकार गरेनन् । हामी लिमीको तिलगाउँ जाने बाटोमा लाग्यौं । तिल गाउँ पुग्दा अँध्यारो हुन थालेको थियो । म अगाडि नै गाउँ पुगेँ । त्यहाँ वृद्धा बालबच्चा र महिलाहरू मात्रै देखिन्थे ।
त्यहाँ एकजना वडा सदस्यकी श्रीमतिसँग भेट भयो । उनले आफ्नो घर लिनु भन्दा पहिला गाउँमा निर्माण गरिएको सामुदायिक भवनमा बास बसाल्ने निर्णय भएको थियो । १० मिनेटपछि डिबी र झुमा पनि पुग्नुभयो । हामीले सोध्यो होटेल छैन ? स्थानीयले नभएको उत्तर दिए । पैसा तिर्छौँ, हामीलाई खाना, बासको व्यवस्था गरी दिनुप¥यो भनेर आग्रह गरेपछि वडासदस्यकी श्रीमतिले आफ्नो घरमा लिइन् । बेलुका हाम्रो बास त्यही तिलगाउँमा भयो । बेलुका ७ बजेतिर तिलगाउँमा कारोबार दैनिका जिल्ला संवाददाता सेशमराज रोकाया, गोरखापत्र दैनिकका राजन रावत, नेपालपत्रकार महासंघ हुम्लाका अध्यक्ष अर्जुन बोहोरा तिलगाउँ पुगे छन् । बेलुका ७ बजेपछि तिलगाउँमा आउने जो कसैलाई पनि घरभित्र छिर्न अनुमतिन दिने संस्कार रहेछ । त्यो गाउँमा बास नपाएपछि गाउँलेहरूले तान बुन्नका लागि बनाइएको ठाउँमा बास बस्न बाध्य भयौँ ।
बिहान सबेरै उठेपछि हामी बसेको घरकी दिदीले हिजो राती ३ जना कोही आएका थिए, बास नपाएर कहाँ बसेछन् भन्ने खबर गरिन् । म बिहान उठेर गाउँ घुम्न जानुप¥यो भन्दै निस्केँ । ३ जना सार्थीहरू घरमा खाजा खान थालेका देखेँ । उनीहरूसँग सोधेपछि घरमै बास बसेको बताए । तर, त्यो गलत बोलेका रहेछन् । हामीहरू बिहान पूरै गाउँको फोटो, भिडियो खिच्न थाल्यौं । तर उनीहरू तीन जना लिमीको हल्जी गाउँतिर हिँडिसके छन् । तर, मलाई कसैले खबर नगरेरै हिँडे छन् । म पनिसँगै जाने थिएँ, किन मलाई खबर गरिएन ? मनमा प्रश्न खडा भयो । डिबी सर र झुमाले छोडेर जाँदा मन खल्लो भयो । त्यसपछि खाना खाएर हामी पनि हल्जी गाउँतिर हिँड्यौँ । र, बिच बाटोमा पुगेपछि हिल्साबाट बिहान हिँडेका नाम्खा गाउँपालिकाका उपाध्यक्ष पेमा लामाको टोलीसँग भेट भयो । डिबी र झुमालाई हिँड्न गाह्रो भयो । उनीहरूको एउटा झोला मैले लिएर गए । तपाईँहरू बिस्तारै आउनुहोस् भने । म नाम्खा गाउँपालिकाका उपाध्यक्ष लामासँगै हिँडे ।
वास्तवमा हुम्लाको लिमी उपत्यका एक पटक सबैले पुग्नु पर्ने ठाउँ रहेछ । सुन्दर दृश्य, प्रकृति पनि कत्ति फुर्सदमा बनाएको ठाउँ जस्तो लाग्छ । जति बस्यो उती बस्न मन लाग्ने, जति हेर्यो हेर्न मन लाग्ने, जति रचना गर्यो रचना गर्न मन लाग्ने । कतै स्वर्ग छ भने लिमी हो जस्तो मलाई लाग्यो । यदि स्वर्ग छैन भने त्यो कल्पनाको स्वर्गभन्दा लिमी कति राम्रो राम्रो । कसैलाई स्वर्ग हेर्न मन छ भने लिमी पुगे हुन्छ ।
विश्वका मै हुँ भन्ने चित्रकारले पनि यस्तो दृश्य कोरेको, सोँचेको पनि छैन होला । लिमी उपत्यका र यसको आसपासको क्षेत्रको दृश्यलाई मैले अन्तमा यती नै भने । मोनालिसाको तस्विरलाई विश्वका राम्रो चित्र भनेर सबैले भने तर चित्र भन्दा वास्तविक लिमी उपत्यका धेरै राम्रो छ । हाल चीनको कैलाश मानसरोवर यात्राको लागि पर्यटकले चीनमानै जान आवश्यक नहुने ठहर लिमीको लाप्चाबाट देखिने दृश्यले देखाएको छ । लाप्चाबाट सिँधै मानसरोवर र कैलाश प्रष्ट देखिने हुँदा लिमी उपत्यकाबाट नै दर्शन गर्नको लागि पर्यटकीय प्रबन्ध मिलाउन लागिएको छ ।
नरजन तामाङ । १५ कार्तिक २०७५, बिहीबार १९:३०