गाई बस्तु चराउँन गएका वृद्ध लडेर मृत्यु ।

हुम्ला–गाईवस्तु चराउन गएका एक वृद्ध लडेर मृत्यु भएको छ । सिमकोट गाँउपालिका–८ स्याडाका ६० वर्षका जक्ते बुढा लडेर मृत्यु भएको हो । गाईवस्तु चराउन गाउँ नजिकै जगल माझगाँउ पुगेका बुढा दिउसो १ बजे लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी सुर्यप्रकाश सुवेदीले जानकारी दिए ।

माझगाउँ नजिकै जंगलमा लडेर २ मिटर तल खसेको डिएसपी सुवेदीले बताए । घटनास्थल तर्फ जिल्ला प्रहरी कार्यालय हुम्लाबाट प्रहरी निरिक्षकको टोली त्यसतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।