सर्केगार्डको गोठीमा ४० घरधुरीलाई राहत वितरण

हुम्ला–कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि आह्वान गरिएको लकडाउन (बन्दाबन्दी)लम्बिदै गएपछि सर्केगार्ड गाउँपालिकाको गोठीमा ४० घरधुरीलाई राहत वितरण गरिएको छ ।

मिसन ईस्टको आर्थिक सहयोग तथा कर्णाली एकिकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपाल,महिला कल्याण सेवा र हिमाली शिक्षा र विकास (हेड) नेपालको सहजिकरण सर्केगार्ड गाउँपालिका–५ नम्बर वडा कार्यालयको समन्वय ४० घरधुरीलाई राहत वितरण भएको हो ।

कोभिड–१९ लाई लक्षित गरी अपाङ्गता भएका व्यक्ति एकल महिला,जेष्ठ नागरिक,लाई राहत वितरण प्रति घरधुरी २५ केजी चामल,२लिटर तेल,एक केजी र २ केजी सिमी वितरण गरिएको महिला कल्याण सेवाका कार्यक्रम संयोजक पदमराज हमालले जानकारी दिए ।

सर्केगार्ड गाउँपालिका ८ वटै वडाहरुमा राहत बाँडने कार्यक्रम रहेको कार्यक्रम संयोजक हमालले बताए । सर्केगार्डका ८ वटै वडाहरुका ३ सय ५० घरधुरीलाई राहत बाँडने कार्यक्रम रहेको महिला कल्याण सेवा कार्यालयका कार्यक्रम संयोजक हमालको भनाई छ । गैहसरकारी संस्थाहरुले राहत वितरण गरेपनि स्थानीय तहले राहत वितरण गर्ने विषयमा कुनै चासो देखाएको छैन् ।