सर्केगार्ड गाउँपालिकाको रहात नामावली अनुसार बाढीएन ।

हुम्ला। जिल्लाको सर्केगाढ गाउँपालिकाले जिल्ला बाहिर रहेका आफ्ना नागरिकलाई राहत वितरणगर्ने नाममा मत बाँझिएको छ। गापाले (कोभिड १९) कारण जिल्ला आउन नसकेका नागरिकलाई दुई हजारका दरले राहत बितरण गर्ने निर्णय गरेको थियो।

जिल्ला बाहिर रहेका नागरिकको लिस्ट संकलन गर्ने क्रममा करि चार हजार पाँच सय लिस्ट आएको हुँदा गाउँपालिकाको निर्णय बदलिएको प्रसाशन अधिकृत रुद्र शाहीले बताए।

उनका अनुसार हामीले करिब दुई सयजति अनुमान गरिएको थियो। तर, अनुमानभन्दा बाहिरको संख्या उपलब्ध हुँदा फेरि वडा पालिकालाई जिम्मा लगाएर संख्या पुनःसंकलन गर्न परेको थियो।

यता पालिकाका अध्यक्ष कृष्ण रोकायले जति लिस्ट जिल्ला बाहिरबाट संकलन गरियो त्यतिको एक हजार पाँच सयका दरले रकम निकासा गरेको बताएका छन्।

रोकायले कर्णाली सन्देशसँगको कुराकानीमा भने, ‘हामीले सुरुमा दुई हजार दिने भनेको थियौं। तर, पहिलो लट्मामा प्रबेश गरेकाहरुले आफूले पनि भत्ता पाउनुपर्ने भन्दै असहमति जनाएपछि सबैलाई एक हजार पाँच सय दिने निर्णय भएको हो।’

पालिकाले आफ्नो वडाका जिल्ला बाहिर रहेका नागरिकको राहतको लागि करिब ३८ लाख रकम निकासा गरिसकेको प्रसाशकीय अधिकृत शाहप् बताउछन्। सर्केगाढका सबै वडाका नागरिकका लागि भनेर कममा ३ लाखदेखि बढिमा ८ लाखसम्म रकम निकाशा गरेको शाहीको भनाई छ।

यसै सम्बन्धमा प्रसाशकीय अधिकृत र अध्यक्षको मत बाँझिएको छ। गापा अध्यक्षले गाउँ पुगेका नागरिकले पनि एक हजार पाँच सय पाउने बताए थिए। तर, प्रसाशकीय अधिकृतले भने, ‘उनीहरुले पाउने पाँच सय मात्र हो। जुन योभन्दा अगाडि निर्णय भैसकेको छ।’

यसरी मत बाँझिदा बीचको एक हजार कसले र कसरी गाएब भयो ? यो बुझ्न नसकिएको सर्केगाढ गाउपालिका वडा नं २ का एक स्थानीय बताउछन्। नाम नलेख्ने सर्तमा उनले भने, ‘यो सरासरले नीति गत भ्रष्टाचार गरिरहेको छ। राहतको नाममा गरेको भ्रष्टाचारको जनताले छिनोफानो गर्नेछन्।’

यता सर्केगाढ २ नम्बरमा ३ लाख ९६ हजार रकम निकासा गरेको लिस्ट प्राप्त भएको छ। जसमा गाउँपालिकाले तोकेको मापदण्ड बिपरित नामावली समाबेश गरिएको आरोप लागेको छ।

गाउँपालिकाले जिल्ला बाहिर घर बनाएर बसेका सरकारी जागिर गरेका परिवारका कुनै पनि सदस्यले यो राहत नपाउने निर्णय गरेको थियो। तर, नामावलिमा सरकारी जागिरेका छोरानाति श्रीमतीसमेतले पहुँचको भरमा राहत पाएका छन्। तर आफू फरक पार्टीको भनेर नामावलिबाट नाम हटाएको याङजोर कार्कीले गुनासो गरे।

कार्की भन्छन्, ‘स्थानीय सरकारले गलत गरेको छन्। राहत पाउने सबैको अधिकार हो। तर, ब्यक्तिगत पार्टीका आधारमा र पहुंचका आधारमा राहत बितरण गरिनु दुःखदको कुरा हो।’ यता वडा नम्बर २ का कार्यालय सहाएक पासाङ महताराले भने नामावली बाहिरबाट संकलन गरेको कारण आफूलाई थाहा नभएको बताए। यसरी हेर्दा बीचको रकम (तीनलाख) कसले हिनामिना गर्यो ? भन्ने कुरा यसै भन्न सकिने अवस्था छैन। त्यसका लागि छानविन हुनुपर्छ।

    

माथि उल्लेखित लिस्ट्मा करिब १० जना सरकारी जागिरेका छोरा छोरी श्रीमतिको नामावली र विदेशी संस्थाले खर्च ब्यहोरि रहेका बालबालिकाहरुको नाम रहेको उनले बताए।

गापामा ज्वरो नाप्ने गन र स्यानिट्राइजर नै छैन

जिल्लाको सर्केगाढ पालिकामा पालिकाबासिलाई चेकअप गर्न थर्मल गन र स्यानिट्राइजरको अभाव छ। भूगोलका कारण उक्त स्वास्थ्य सामाग्री उपलब्ध नभएको प्रशासकीय अधिकृत रुद्र शाहीले बताए। उनले भने, ‘हामीले ११ गते बाट एक वडाबाट अर्को वडामा जान प्रतिबन्ध लगाएका कारण स्वास्थ्य सामाग्रीको अभाव भएको हो।’

अरु पालिकाले कतै हवाइ मार्गको पहुँच त कतै स्थल मार्गको पहुँच हुँदा स्वास्थ्य सामाग्री ल्याउने गरेका छन्। तर, सर्केगाढ गापा दुइवटै मार्गबाट टाढाहुँदा हालसम्म पनि स्वास्थ्य सामाग्री उप्लब्ध गराउन सकेको छैन। ज्वरोका विरामीको ज्वरो थर्मो मिटरले नाप्ने काम भैरहेको छ।
क्वारेन्टिनमा कोही बस्न मान्दैनन्

यस पालिकामा ठाउँको अभावका कारण क्वारेन्टिन नबनाइएको अवस्था छ। पालिकाका बासिन्दाहरुले कोरोना सम्बन्धि नबुझेका कारण उपलब्ध क्वारेन्टाइनमा समेत नबसेको बुझिएको छ। फलानो बसेन म किन बस्ने ? जस्ता तर्क गर्ने गरेको गापा स्रोत बताउछ।

अबुझ मानसिताका कारण क्वारेन्टिन खाली रहेको र कुनै ठाउमा ठाउँ अभाबका कारण क्वारेन्टिन नबनेको प्रशासकीय शाही बताउछन्। जिल्लामा क्वारेन्टाइन निर्माण भएको पालिकामा पनि माप्दण्डरहित बनेका छन्।