नेपालगञ्ज र सुर्खेतमा अलपत्र नागरिकको पिसिआर परिक्षण गरी उद्धार गर्न माग

हुम्ला–लकडाउनले सुर्खेत र नेपालगञ्जमा अलपत्र परेका हुम्लाका नागरिकहरुको पिसिआर परिक्षण गर्न जिल्ला विप्द व्यवस्थापन समितिले प्रदेश सरकारलाई माग गरेको छ । जिल्ला बाहिर अलपत्र परेका हुम्लाका नागरिकहरुलाई कोरोना संक्रमण परिक्षण गरि सुरक्षित राख्न कर्णाली सरकारलाई यस्तो माग गरिएको हो ।

जिल्ला विप्द व्यवस्थापन समितिका संयोेजक एवम प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईको नेतृत्वमा बसेको बैठकले नेपालगञ्ज र सुर्खेतमा अलपत्र परेका हुम्ली नागरिकहरुको पिसिआर पक्षिणको व्यस्थापन गराउन कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयमा माग गरिएको छ ।

हाल हुम्ला जिल्लामा कोरोना संक्रमण नभएकोले अब आउने नागरिकहरुको पिसिआर परिक्षण नेपालगञ्ज र सुुर्खेतमै गराएर हुम्ला ल्याईने जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईले जानकारी दिइन् ।

उद्धार गरि ल्याईने व्यक्तिहरु कोभिड–१९ परिक्षण गरेको प्रमाण आएपछि मात्रै तोकिएको नियम र शर्त पालना गर्नुपर्ने प्रजिअ भट्टराईले बताइन् । कोभिड–१९ को परिक्षण नेपालगञ्ज र सुर्खेत विमानस्थलमै गराउन गृहमन्त्रालयलाई अनुरोध गर्न निर्णय भएको प्रजिअ भट्टराईको भनाई छ ।

उद्धार गरिएका नागरिकहरु अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने शर्त पालना गरी हुम्ला ल्याउन तयारी भएको छ ।  क्वारेन्टाइन व्यवस्थापनका लागि विप्द व्यवस्थापन समितिले स्वयम सेवक रहने गरी जनप्रतिनीधि,स्वास्थ्यकर्मी,र सुरक्षा निकायले गर्नुपर्नेछ ।

नेपाल सरकार,प्रदेश सरकार,स्थानीय तह र यस क्वारेन्टीन विप्द व्यवस्थापन उप–समितिले वा कानून बमोजिम अधिकार प्राप्त अधिकारीले सरुवा रोगको सम्बन्ध जारी गरेको नियम निर्देशन वा आदेश उल्लघन गर्ने छैनौ यस्ता शर्त हुनेछन् ।

क्वारेन्टीन सेन्टरको नियम निर्देशन वा आदेश उल्लघन गरे गराएमा संक्रमण रोग ऐन २०२० अनुसार र मुखुकी अपराध सहिता २०७४ को परिच्छेद ५ को दफा १०६ बमोजिम र प्रचलित कार्बाही भोग्नु पर्नेछ ।,