लिमीमा गाउँ छोड्नेलाई कारबाही

चीनको सीमाना जोडिएको उत्तरी नाम्खा गाउँपालिका ६ लिमी गाउँमा गाउँ छाडेर बाहिर बसोबास गर्नेलाई कारबाही हुने गरेको छ ।

 

बसाईसराईको कारण ११ औं शताब्दीमा निर्मित हल्जी गुम्बाको पहिचान र अस्तीत्व मेटिदै गएको भन्दै गाउँ छोड्न कसैलाई पनि अनुमती नभएको नाम्खा गाउँपालिका ६ का स्थानीय खेराप तामाङले बताए ।

जो कोहीले गाउँ छोडेर बाहीर जान्छ, उसको सम्पूर्ण सम्पति गुम्बाको नाममा जिम्मा लगाउनु पर्ने प्रचलन रहेको तामाङले बताए । व्यापार व्यावसायको लागि केही समय बाहीर जान मिलेपनि गुम्बाको पुजागर्ने समयमा गाउँनै फर्कनु पर्ने चलन रहेको स्थानीय बताउँछन् ।

घरको जेठो छोरा गुम्बाको पुजारी
नाम्खा गाउँपालिका ६ हल्जी गाउँमा घरको जेठो छोरालाई गुम्बाको पुजारीका रुपमा राखिने चलन रहेको छ । हल्जी गाउँमा ९६ घरधुरी रहेकोमा हाल सम्म २ घर मात्रै बसाईसरेर गएका छन्।  लिमीको तिल गाउँमा भने बेलुका ७ बजे पछि गाउँमा पुगेको जो कसैलाई पनि घरभित्र पस्ने अनुमती दिइदैन ।

लिमीको हल्जी गुम्बा नेपालकै धनी गुम्बा मानिदै आएको छ । यो गुम्बामा वषौँ पुरना मुर्ती, विभिन्न किसिमका कलात्मक मुर्तीहरु रहेको छ । यहाँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरु गुम्बामा बास बस्ने गरेका छन् ।