नाम्खा गाँउपालिकाको ४१ पिसिआर रिर्पोट नेगेटिभ

हुम्ला नाम्खा गाँउपालिका– ५ को यारी लगायतका क्वारेन्टाइनमा संकलन गरिएका स्वाब रिर्पोट नेगेटिभ देखिएको छ । यारी क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको ¥यापिड जाँच गर्दा २ जनाको शंकास्पद देखिएको थियो ।

¥यापिड पोजेटिभ देखिएपछि उनीहरुको स्वाब संकलन गरी जेठ ६ गते परिक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा हेलिकप्टर मार्फत पठाइएको थियो । नाम्खा गाउँपालिका– ५ यारीका ३३ जना र सोही गाउँपालिका–४ याल्वाङ्गबाट आठ जनाको स्वाब कर्णाली स्वास्थ्य प्रतिष्ठान जुम्ला पठाइएको हो ।

सोही गाँउपालिकाका सबै रिर्पोट नेगेटिभ देखिएको कर्णाली स्वास्थ्य प्रतिष्ठान जुम्लाका निर्देशक डाक्टर मंगल रावलले जानकारी दिए । हुम्लाको दक्षिणी भेग क्षेत्रका ४ वटा स्थानीय तहका ३ सय ७७ जनाको रिर्पोट भने आउन बाँकी नै रहेको निर्देशक डाक्टर रावलको भनाई छ ।

नाम्खाका २ जनामा ¥यापिड जाँच गर्दा संखास्पद देखिए पनि जेठ ७ गते भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले पसिआर चेक गर्दा उनिहरुको पनि नेगेटिभ नै देखिएको जनाएको छ ।