हुम्ला नाम्खा गाँउपालिकाको ४१ पिसिआर रिर्पोट नेगेटिभ

हुम्ला–उत्तरी नाम्खा गाँउपालिकाबाट सकलन गरिएका स्वाब रिर्पोट नेगेटिभदेखिएको छ । वडा नम्बर –५ ¥यापिड जाँच गर्दा २ जनाको शंकास्पद देखिएको थियो । ¥यापिड पोजेटिभ देखिएपछि उनीहरुको स्वाब संकलन गरी मंगलबार परिक्षण लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लगिएको हो ।

नाम्खा–५ यारीको ३३ जना र वडा– ४ याल्वाङ्गबाट ८ जनाको स्वाब कर्णाली स्वास्थ्य प्रतिष्ठान जुम्ला पठाइएको थियो ।हुम्ला नाम्खा गाँउपालिका सबै रिर्पोट नेगेटिभ देखिएको कर्णाली स्वास्थ्य
प्रतिष्ठान जुम्लाका निर्देशक डाक्टर मंगल रावलले जानकारी दिए । हुम्लाको दक्षिणी ४ स्थानीय तहका ३ सय ७७ जनाको रिर्पोट आउन बाँकी रहेको निर्देशक
डाक्टर रावलले बताए ।