हुम्लामा १४० जनाको ¥यापिड जाँच सबै नेगेटिभ

हुम्ला–देशभरी कोरोना संक्रमितको संख्या बढदै गएपछि हुम्लाका ७ वटै स्थानीय तहमा नमुना परिक्षण सुरु गरिएको छ । कोरोना परिक्षण गरिएका १ सय ४० जनाको ¥यापिड नेगेटिभ देखिएको छ । २ गते जाँच भएकोे पिसिआर ११ जनाको नेगेटिभ देखिएको छ ।

जिल्लाका सातै वटै गाँउपालिकाका प्रत्येक वडाहरुमा चिकित्सकहरु स्वाब संकलन र ¥यापिड जाँचमा खटिएका छन् । चंखेली,सर्केगार्ड,अदानचुली र ताजाँकोट गाँउपालिका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट चिकित्सकहरुको टोली स्वाब सकलन र ¥यापिड जाँच गर्न खटाईका छन् ।

एक हप्ता पहिले देखि हुम्लाका ५ वटा गाँउपालिकामा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट डाक्टर खटाइएको  कर्णाली स्वास्थ्य प्रतिष्ठान जुम्ला निर्देशक डाक्टर मंगल रावलले जानकारी दिए । डाक्टरहरु गाँउमा खटाइएका छन् केही समस्या पर्ने बितिकै अरु जनश्रत्ती परिचालन गर्न तयार भएको निर्देशक डाक्टर रावलले बताए ।

सिमकोट, गाँउपालिकाबाट २ सय ३४ जनाको स्वाब संकलन गरि जहाज मार्फत प्रदेश अस्पताल सुर्खेतमा परिक्षणको लागि पठाईएको जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाले जनाएको छ । २ गते परिक्षण गरेको ११ जनाको स्वाब रिर्पोट नेगेटिभ आएको र १ सय ३५ जनाको ¥यापिड नेगेटिभ आएको स्वास्थ्य कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिहंले बताए । खार्पुनाथ,नाम्खा गाउँपालिका चिकित्सकहरुको टोली खटाइएको छ । जिल्लाका मध्य भेगका गाँउपालिकामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट चिकित्सक खटिएको प्रमुख सिहंले बताए ।