नन्द सिंह कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकास मन्त्री दल रावलले स्वास्थ्य सामग्री सहित विशेषज्ञ डाक्टरको टिम ल्याएर हुम्ला आउनु भएको छ । कोरोना कहरबाट प्रभावित नहोस भन्ने उदेश्यकासाथ हुम्लाका ताँजाकोट, सर्केगाड, अदानचुलि र चंखेलि गाउँपालिकामा वैशाख २८ गते सो मन्त्रीको टोलि आई पुगेको हो ।
जिल्लामा कोरोना फैलन सक्ने भन्दै आवश्यक स्वास्थ्य सामग्री र उपकरण सहित माउन्टेन हेलिकप्टर मार्फत सो सामग्री पर्याएको सामाजिक विकास मन्त्रालयको श्रोतले जनाएको छ ।
दक्षिणी भेग क्षेत्रका प्रति एक गाउँपालिकामा दुई दुई जनाको दरले आठ जना विशेषज्ञ डाक्टरको टोलि समेत खटाईएको छ । सो डाक्टरको टेलिले उक्त गाउँपालिकाका क्वारेन्टाइन भित्र रहेका व्यक्तिहरुको स्वाव संकलन गरेर करीव डेढ महिनापछि सुर्खेत तर्फ फर्कने भएका छन् ।
विशेष गरेर सो टोलिले हुम्ली जनाताहरुको स्वाव संकलन गर्ने भएको छ । जिल्लामा कोरोना चेकजाँचका लागि किटहरु र नर्मल्ली औषधिहरु ल्याएर चार वटै दुर्गम गाउँपालिकामा मन्त्रीको टोलि पुगेको हो । यतिखेर मन्त्रीको टोलिले एक गाउँपालिकामा करीव १ सय ५० का दरले आरडिटी किटहरु उपलव्ध गराएको छ ।
तर माथिल्ला तीनवटा सिमकोट, खार्पुनाथ र नाम्खा गाउँपालिकामा भने जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाले हेर्ने जनाइएको छ ।
कर्णाली रैवार संवाददाता । २८ बैशाख २०७७, आईतवार १७:४१