बराई गाउँका बालक करेन्ट लागेर दुबै हात काम नलाग्ने भएपछि उपचारका लागि याचना


राज शाही
हुम्ला  जिल्ला सर्केगार्ड गाउँपालिका वडा नम्बर ६ को बराई गाउँका भक्तराज बुढाथोकीको करेन्ट लागेर दुबै हात काम नलाग्ने भएपछि यतिबेला उनी हातको उपचारका लागि याचना गरि रहेका छन् ।

करेन्ट लागेका हातको उपचार जिल्लामा हुन नसक्ने देखिएपछि बन्दाबन्दीका बेला जिल्ला बाहिर थप उपचारका लागि जान घरको आर्थिक अबस्थाले साथ नदिएपछि उनी अहिले सहयोगी हातहरुको पर्खाईमा रहेका हुन ।

गाउँपालिकामा रहेको तल्छडी जलबिधुत योजना बिहान र बेलुका मात्र बत्ती सुचारु हुने भएपनि गाउँपालिकाको कार्यक्रम भन्दै दिउसो बिधुत छोडिएको र बन्दाबन्दीले विद्यालय बन्द हुदा गाई चराउन गएका ७ बर्षका बालक बुढाथोकीको बिधुतको तार छुने क्रममा करेन्ट लागेको निजका बुवा तुला बुढाथोकीले बताएका थिए । हाल बालक बुढाको दुबै हात करेन्ट लागेर काम नलाग्ने अबस्थामा रहेको गुनासो बुवा तुलाले बताए ।

घटनाको चार दिन पछि बैशाख २ गते जिल्ला अस्पतालमा ल्याएर उपचार गरिए पनि जिल्लामा उपचार हुन नसक्ने निष्कर्षमा अस्पताल पुगेको उनले सुनाएका छन् । जिल्ला बाहिर रिफर गरेपनि बन्दाबन्दीले हवाई यातायात सुचारु नहुदा बालक बाहिर जान नसकेको जिल्ला अस्पतालले जनाएको छ ।

अर्को आफुसंग थप उपचारका लागि पैसा पनि नभएको बुवा तुलाले बताए । यतिबेला करेन्ट पिडित बालकलाई गाउँमै लगिएको छ । उपचार छैन र घाउ पनि बल्जिन थालेको छ । बराई गाउँ सदरमुकाम सिमकोटबाट दुई दिन पैदल लाग्छ ।

घाउ पोल्दा कराई रहने बालक बुढाले आफ्नो उपचारमा सहयोग गर्न सहयोगी हातहरुलाई याचना गर्नु भएको छ । रुदै बालक बुढाले मेरो भबिष्य बचाई दिन सबैमा आग्रह गर्दछ , भन्दै सुनाउनु भएको थियो । करेन्ट पिडित बालकका लागि स्थानीय सरकारको ध्यान जान नसकेको आफन्तको गुनासो छ ।

कक्षा एकमा गाउँमै विद्यालयमा अध्ययन गरि रहेका बालक पढाईमा पनि अब्बल रहेका छन् । अब परिवारका सदस्यहरुलाई बालकको ज्यान बचाई दिन सबैमा आग्रह गर्नुको बिकल्प पनि देखिएको छैन । घाउले पिरोलिए बालक अहिले जीबनमरणको दोसाधमा रहेका छन् ।