कर्णाली प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता शाहीद्धारा हिमाली जिल्लाका नागरिकहरुलाई टिकटमा अनुदानको ब्यबस्था गर्न माग

राज शाही हुम्ला  कर्णाली प्रदेश सभाका प्रमुख प्रतिपक्ष दलका नेता जीबन बहादुर शाहीले देशका बिभिन्न क्षेत्रमा कोरोना कहरले अलपत्र परि हाल नेपालगंजबाट हवाई उद्धार गर्न लागिएका हिमाली जिल्लाका नागरिकहरुलाई टिकटमा अनुदानको ब्यबस्था गर्न माग गरेका छन् ।

पाँच हप्तासम्म नागरिकहरु अलपत्र परि आर्थिक रुपमा बेसाहार भएको कारण उनीहरुलाई हवाई टिकटमा अनुदानको ब्यबस्था गर्न नेता शाहीले माग गरेका हुन । सुक्रबार एक बिज्ञप्ती निकाली नेता शाहीले नेपालगंज र सुर्खेतबाट चार्टड उडान निक्कै महंगो हुने भएको कारण हवाई सेवाबाट उद्धार गर्न लागिएको सबै नागरिकहरुलाई टिकटमा पचास प्रतिशत प्रदेश सरकारले अनुदानको ब्यबस्था गर्न माग गरेका हुन ।

नेपालगंजबाट सिमकोटसम्म एक जना यात्रुको भाडा दर दश हजार पाँच सय रुपियाँ लाग्ने गर्छ । महिना दिनसम्म अलपत्र परेका पिडितहरुसंग पैसाको अभाब भएको खबर आई रहेका बेला नेता शाहीले प्रदेश सरकारसंग हवाई टिकटका पचास प्रतिशत अनुदानको ब्यबस्था गर्न माग आएको हो । ६० बर्ष माथिका नागरिक, अपांग, असक्त, बिरामी र बिधार्थीहरुलाई चाटर्ड उडानबाट सडक सञ्जाल नजोडिएका हुम्ला र डोल्पा जिल्लाका लागि उद्धार गर्न लागिएको छ ।

त्यसै गरि नेता शाहीले हवाई मार्गबाट उद्धार गरिने प्रत्येक नागरिकलाई अनिबार्य स्वास्थ्य परिक्षण कार्यलाई प्रभाबकारी बनाउनु पर्ने, जिल्ला पठाईने नागरिकहरुलाई स्थानीय प्रशासन र गाउँपालिकासंग समन्वय गरि अनिबार्य रुपमा १४ दिन क्वारेन्टाइनमा राख्ने ब्यबस्था गर्नुपर्ने, क्वारेन्टाईन अबधिपछि पनि स्वास्थ्य परिक्षण पछि घर फर्कने ब्यबस्था गर्नुपर्ने र कोरोना संक्रमणको परिक्षणका किटहरु अभाबको गुनासो जिल्ला जिल्लाबाट आई रहेको कारण त्यसको समेत ब्यबस्था गर्न नेता शाहीले माग गरेका छन् ।