आडिटी किटहरु नभएको कारण उदार गरिएकाको चेक जाँच हुन सकेन

राज शाही हुम्ला   कर्णाली प्रदेश सरकारले सुर्खेतबाट उद्धार गरिएका नागरिक मध्य तााजाकोट गाउँपालिकाका १६ जना नागरिक गाउँमा आई पुगेका छन् । उद्धार गरिएको नागरिक गाउँ पालिकामा आई पुगेपनि उपकरणको अभाबमा उनीहरुको ज्वरो नाप्ने र वडा वडामा क्वारेन्टाइन बनाउदै राख्ने तयारी गाउँपालिकाले गरि रहेको छ ।

सुर्खेतबाट उद्धार गरि पालिकामा आई पुगेका नागरिकलाई थर्मलगनबाट ज्वरो नाप्ने र वडामा घरघरबाट कपडा र भाडा ल्याएर विद्यालयमा क्वारेन्टाईन बनाएर राख्ने तयारी गरि रहेको ताँजकोट गाउँपालिकाका अध्यक्ष बाग्दल मल्ले बताए ।

गाउँमा ब्यबस्थित क्वारेन्टाईन बनाउन संभब नभएपछि बाध्य भएर यस्तो गर्नु परेको उनले बताए । आडिटी किटहरु नभएको कारण गाउँमा नयाँ आउने मानिस कसैको पनि कोरोना संक्रमण परिक्षण गर्न सकिने अबस्था छैन ।

खाली ज्वरो नाप्ने काम मात्र स्वास्थ्यकर्मीले गरि रहेको उनले बताए । ताँजाकोट गाउँपालिकामा ३२ जना उद्धार गरिएकाहरु नगरिक आउदैछन् । गाउँपालिका केन्द्र छप्रेलामा दश बेडको क्वारेन्टाइन वार्ड स्थापना गरिएको छ । अन्य कुनै पनि वडामा वार्डको ब्यबस्था भएको छैन । घरघरबाट कपडा र भाँडा ल्याउर विद्यालयमा बसाल्नु पर्ने बाध्यात रहेको छ । बैशाख १४ गते राती हुम्लाका नागरिकलाई सात वटा गाडीमा उद्धार गरेर मुगुसम्म पठाइए र त्यसपछि उनहिरु पैदलै हुम्ला आई पुगेका हुन । यो अबस्था अन्य अदानचुली र चंखेली गाउँपालिकाको पनि उस्तै रहेको छ ।