नन्द सिंह सुर्खेतमा रहेका केही हुम्लीहरुको उद्धार गरिएता पनि नेपालगञ्ज र काडमाडौँमा रहेका हुम्लीहरुको लागि भने हवाई जाहाजद्धारा पहलका लागि कदम मात्र चलाइएको तर गृह मन्त्रालाएको आधिकारीक परिपत्र भने नआई सकेको प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईको भनाई छ ।
हुम्लाबासीलाई कर्णाली प्रदेश सरकारले सुर्खेतबाट उद्धार कार्य सुरु गरेपछि जिल्लामा आई पुगेका त छैनन् तै पनि पुगेको अवस्थामा क्वारेन्टाईनमा राखनलाई भने ठूलो समस्या हुने दखिएको छ । कर्णाली प्रदेशको सुर्खेतबाट २ सय ९५ जना हुम्लाबासीलाई सात वटा गाडीमा उद्धार गरिदा हुम्लाका गाउँपालिकासंग भएका सिमित क्वारेन्टाईनमा यतिखेर उनिहरुलाई राख्न समस्या हुने भएको छ । उद्धार गरिएका हुम्ली जनताहरु आफ्नै आर्थिकमा गाडी चढेर आउन बाध्य भएका छन् ।
एउटा गाउँपालिकामा बढीमा ५० वार्डको क्वारेन्टाईन रहेको छ । त्यो पनि सबै गाउँपालिकामा होइन । कुनैले त १० वटा मात्र क्वारेन्टाईन वार्ड स्थापना गरेका छन् । उनीहरुको लागि जिल्ला बाहिरबाट उद्धार गरिएका नागरिकलाई क्वारेन्टाईनमा राख्नु निक्कै चुनौती हुनेछ ।
वैशाख १५ गते कर्णाली प्रदेशको सामाजिक बिकास मन्त्रालयबाट चंखेली, अदानचुली, सर्केगार्ड, खार्पुनाथ र सिमकोट गाउँपालिकाका गरि २ सय ९५ जना नागरिकलाई सुर्खेतबाट मुगुसम्म गाडीमा उद्धार गरिएको छ । उनीहरु सबै तीन देखि पाँच दिनसम्म आ आफ्नो गाउँ पालिकामा पुग्नेछन् ।
तर पाँच वटै गाउँपालिका गरि १ सय २० भन्दा बढी क्वारेन्टाईन छैनन् । नयाँ क्वारेन्टाईन ब्यबस्थापन गर्ने तर्फ पनि सुरसार छैन । पछिल्लो उद्धारको लटमा ठुलो संख्यामा महिला र बालबालिकाहरु रहेका छन् । त्यो पनि ब्यबस्थापन गर्न चुनौती देखिएको छ ।
जिल्ला बिपद ब्यबस्थापन समितिले एक ठाउँमा उद्धार गरिएका नागरिकहरुलाई क्यारेन्टाईनमा ब्यबस्था गरेर राख्न कठिन हुने भन्दै सम्बनिधत वडाले जिम्मा लिनु पर्ने निर्णय यस अघि नै गरि सकेको छ । त्यसै गरि वैशाख १७ गतेबाट नेपालगंज र सुर्खेतदेखि हवाई मार्गबाट माथिल्लो हुम्लाका नागरिकलाई उद्धार गर्ने तयारी भै रहेको छ । त्यसमा २ सय भन्दा बढी हुम्ली आउने छन् । यसअघि पनि भारत तथा देशका अन्य भागहरुबाट हुम्ला भित्रिनु भएका ९ सय १२ जना मध्य १ सय १७ जना मात्र क्यारेन्टाईनमा बस्नु भएको थियो । अन्य सबै गाउँ पुग्ने बित्तिकै आ आफ्नो घरपरिवारका सदस्यहरुसंग बस्दै आएका थिए
कर्णाली रैवार संवाददाता । १६ बैशाख २०७७, मंगलवार २२:२३