गोठालो जाँदा भिरबाट लडेर एक जना शक्त घाइते

राज शाही हुम्ला  जिल्लाको खार्पुनाथ गाउँपालिका वडा पाँच निवासी रामसिंह रोकाया गोठालो जाँदा भिरबाट लडेर शक्त घाइते भएका छन् । सोमबार दिउँसो गाउँ नजिकैको वनमा गाइवस्तु गोठालो गएको समयमा भिरबाट लडेर सक्त घाइते भएका हुन् ।

सोमबार लडेर घाइते भएका रोकायालाई आज विहान जिल्ला अस्पताल सिमकोटमा ल्याएको आफन्तहरुले जानकारी दिएका छन् । अहिले जिल्ला अस्पतालमा उपचार गराइरहेका रोकायाले राम्रो सँग स्वास फेर्न नसकेको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले बताएकी छन् ।

उनका अनुसार विरामी रोकायाले कान सुन्ने, इन्जेक्सन दिएको थाहा पाएको भएता पनि त्यति सारो होसमा आउन नसकेको बोहराले बताएकी छन्।.