राज शाही हुम्ला साना देखि ठुला विकासे योजनामा महिलाको सहभागिता बढ्दै गएको छ । लगडाउनका विच आर्थिक वर्ष लाग्न २ महिना बाँकी रहँदा विकासे कामले तिव्रदा पाएको छ ।
यस अघि सरकारले घर वाहिर ननिस्कन वाध्यकारी नियम लगाए बमोजिम घरवाहिर ननिस्कदा घर परिवार चलाउन सारै समस्या भएको एक जना कामदार महिलाले बताएकी छन् । जिल्लाका ७ वटै गाउँ पालिकाका ४४ वटै वडामा विकास निर्माणका काम तिव्र गतिमा हुन थालेका छन् ।
उपभोक्ता समितिबाट होस वा ठेक्का पठ्ठाबाट होस विकास निर्माणको कामले तिव्रता पाएको छ । गोरेटो वाटो देखि सडक, भवन निर्माणमा महिलाहरुको सहभागिता अहिले पुरुष भन्दा वढी हुने गरेको छ ।
पुरुषहरु व्यापार तथा नौकरीका लागि जिल्ला बाहिर तथा कार्यालयमा वेस्त रहँदा महिलाहरुको विकासे काममा वढि सहभागिता हुने गरेको स्थानिय महिला गहुगोरी कार्कीले बताएकी छन् । महिला पुरुष बराबर तथा एकै किसिमको ज्याला दिदा ज्यालामा विभेत नगरिनु पर्ने ति महिलाले दुखेसो गरेकी छन् । पुरुषले चलाउन घन सब्ल हामी महिलाले पनि चलाउने गरे पनि ज्यालामा विभेत भएको कार्कीको भनाइ छ ।
अहिले विकास निर्माणका काममा महिला गिटि ढुङ्गा बालुवा चाल्ने देखि लिएर गोरेटोबाटो सडक निर्माणमा लागेको देखिन्छ । महिला कामदार विकासे निर्माणमा नजाने हो भने कामदार नै जिल्लामा पाउन मुस्कितल हुने एक जना ठेकेदारले बताएका छन् ।
महिला काम गर्दा इमानदारितताका साथ गर्ने भएकाले वढी जसो काममा महिलालाई नै लगाउने गरेको ति ठेकेदारले बताएका छन् । महिलाले नेपाल सरकारको ढुवानी अनुदानको चामल बोक्ने देखि लिएर बजारमा पसल व्यवसायीका सामाग्रि समेत बोक्ने गरेको पाइन्छ ।
यसरी ज्याला दारीमा काम गर्ने जो सुकैलाई पनि सरकारले यो लगडाउनका वेला गास वास कपासको व्यवस्था गर्नु पर्ने ति महिलाले बताएकी छन् । काम नगरी घर चुलो समेत नबल्ने भएकाले यो लगडाउनको वेला ज्यानकै वाजी लगाएर विकासे काममा निस्कने गरेको ति महिलाको भनाइ रहेको छ ।
कर्णाली रैवार संवाददाता । १४ बैशाख २०७७, आईतवार १६:२२