ताँजाकोट गाउँपालिकाले कोरोना विरुद्ध लड्ने स्वास्थ्य सामग्रि पुगाए लगतै स्वास्थ्य संस्थाहरुलाई वितरण ।

नन्द सिंह ताँजाकोट गाउँपालिकाले गाउँ गाउँमा रहेका स्वास्थ्य संस्था र हेल्थडेक्सहरुका लागि स्वास्थ्य सामग्रिहरु पुगाएको छ ।

विश्व भरिनै कोरोना भाइरस कोभिड १९ को माहामारि फैलिएको भन्दै हुम्लाको ताँजाकोट गाउँपालिकाले पनि वैशाख ११ गते विभिन्न किसिमका स्वास्थ्य सामग्री र उपकरणहरु पुगाएको ताँजाकोट गाउँपालिका स्वास्थ्य शाखाका संयोजक राजेन्द्र स्याङकुले बताउनु भयो ।

जिल्लामा माहामारि नफैलियोस् भन्दै पुर्व तयारीका लागि ताँजाकोट गाउँपालिकाले पनि गाउँपालिका भित्र रहेका ४ वटा सामुदायीक स्वास्थ्य इकाई, २ वटा स्वास्थ्यचौकी र २ वटा हेल्थडेक्स गरि जम्मा ८ वटा स्वास्थ्य संस्थाहरुलाई सो सामग्री वैशाख १२ गते नै वितरण गरिएको सो गाउँपालिका अध्यक्ष बागदल मल्लले बताउनु भएको छ ।

अध्यक्ष मल्लका अनुसार हाल पुगेको सामग्रीमा ८ पिस थर्मलगन, २० पिस पिपिई, ७ हजार सर्जिकल मास्क, १ सय ५० सेनीटाइजर लगायतका सामग्री र उपकरण उपलवध गराएको जानकारी आएको छ । उक्त गाउँपालिकाले यतिखेर ८ लाख बराबरको औषधि उपकरणहरु खरिद गरेको हो ।