आर्थिक उपार्जनको राम्रो माध्य बनेपछि किसानहरु आलु खेतीतर्फ आकर्षित

राज शाही   हुम्लाका किसानहरु चिनो र फापर छर्ने बारीमा व्यावसायिक आलु खेती गर्न थालेका छन । आलु बढी उत्पादन र आम्दानी हुने भएपछि किसानहरु आलु खेतीतर्फ आकर्षित भएका हुन ।

सिमकोट गाउँपालिका वडा नम्बर ५ का किसान मानबिर रोकायाले चार रोपनी जग्गामा ड्याङ बनाएर आधुनिक आलु खेती सुरु जानकारी दिए । चिनो फापर खेती हुने जग्गामा आलु राम्रो उत्पादन हुनेपछि यस तर्फ आकर्षित भएको रोकायाले बताए ।
कम परिश्रम, उत्पादन बढी र नगद आम्दानी हुने भएपछि आलु खेतीतर्फ आर्कषित भएको रोकायाको भनाई छ ।

जिल्ला बाहिर आलु निर्यात हुन नपाए पनि हुम्लाकै स्थानीय बजारमा आलु बिक्री गरेर आम्दानी गर्ने किसानहरु संख्या धेरै हुन थालेको छ । आलु खेतिबाट आम्दानी राम्रो हुने भएपछि यस पालि पाच रोपनी जग्गामा आलु खेति सुरु गरेको अर्को स्थानीय कृषक हरिबहादुर रावतले बताए । गत वर्ष चिनो र फापर छर्न जग्गामा हाल कृषकहरु आलु रोप्न थालेका रावतले बताए ।

सिमकोट गाउँपालिका वडा नम्बर ५ का एक सय घरधुरीले साढे तीन सय रोपनी जग्गामा एकसाथ आलु खेती सुरु गरेका छन ।
आलु खेतीको संभाबना राम्रो भएकोले यसप्रति किसानहरु आर्कषित हुन थालेको बताउदै सिमकोट गाउपालिका कृषि शाखाका संयोजक नेत्र बहादुर शाहीले आलु खेतीबाट आम्दानी पनि राम्रो हुने बताए ।