पुणिप्रथा र भुणि प्रथा के हो त ?

नेपालमा विभिन्न प्रथाहरुको  र समाजिक चालचलनमा विविधता रहेका छन् । केही प्रथाहरु विस्तारै उन्मुलन भर्इरहेको  पाईन्छ त केही प्रथाहरु हालसम्म पनि कायमै छन् । नेपालबाट उन्मुलन भएका प्रथाहरुमा दास , सति प्रथा हुन भने यी बाहेक अन्य प्रथाहरु जस्तैः खलो प्रथा , लगि प्रथा , झुमा प्रथा कहि अरू  हालसम्म पनि छन् ।

विभिन्न समयखण्डमा यि र यस्तै खाले परम्परागत कुरितीहरुलाइ उन्मुलन गर्न विविध प्रकारले थुप्रै संघर्षहरु जे जति गरिय पनि हालसम्म पनि जरा गाडेका प्रथाहरु संम्क्षिप्त रुपमा निम्नानुसार वर्णन गरियको छ ।

१. बहुपति प्रथाः नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने भोटे वा लामा समुदायहरुमा परिवारमा भएका सबै भाईहरुमध्ये जेठो वा कान्छो जसले विवाह गरेपनि सबैको एउटै श्रीमति हुने प्रचलन केहि रुपमा हटे पनि कतिपय ठाउँहरुमा यसको अवशेष उत्तिकै छन् ।

२. छाउपडि प्रथाः नेपालका विशेषत मध्य र सुदुरपश्चिम क्षेत्रमा रहेको यस प्रथामा  महिला समुदायहरुले छाउ भएको ५ देखी ७ दिनसम्म घर भन्दा अलग रहेर छुट्टै गोठमा बस्नुपर्ने हुन्छ । अहिलेसम्म पनि यसै कारणले अनेकौँ दिदि बहिनीहरुले अकालमा ज्यान गुमाउनु परेको तितो सत्य हामि माझ छर्लङ्ग नै छ ।

३. छुवाछुत प्रथाः संसार लाई नै चुनौती दिने, अचम्मको प्रथा एक मन्छेले अर्को मान्छेलाई छुन नहुने , घर , मठ , मन्दिर , पाटि – पौवा , धारा–पँधेरा लगायतका ठाउँहरुमा समाजका तल्लो जात भनिने दलित हरुले नछुने तथा घर प्रवेश गर्न नहुने सामाजिक कुरिति नै छुवाछुत प्रथा हो ।

४. बोक्सी प्रथाः टुना मुना जादुको आरोपमा सामाजिक बहिष्करणमा परेका विशेष गरि महिलालाई बोक्सी भनि समाजले फरक दृष्टिकोणले हेर्ने र बोक्सी ले गर्दा बिरामि भईयो , गाई–भैँसिले दुध दिन छोडे , बच्चाहरु मरे भन्ने जस्ता चिन्तन नै बोक्सि प्रथा हो । यसको आरोपितलाई समाज निकाला गर्ने , कालो मोसो लगाउने , मलमुत्र खुवाउने ,जुताको माला लगाउने जस्ता घृणित क्रियाकलापहरु गर्ने गरिन्थ्यो ।

६. देउकी प्रथाः परिवारमा जेठो छोरी जन्यिो भने उपहार स्वरुप देवतालाई चढाउने प्रथालाई देउकी प्रथा भनिन्छ । यो प्रथा सुदुरपश्चिम क्षेत्रमा प्रचलित छ ।

७. कमलरी प्रथाः तराईका थारु समुदायका छोरी चेलि जमिनदारको घरमा कामदारको रुपमा राख्ने प्रथा हो ।

८. कमैया प्रथाः आफ्नो जग्गा जमिन नभएका मानिसहरुले जमिनदारको जग्गा जमिन भोग गरी जिवन धान्ने प्रथालाई कमैया प्रथा भनिन्छ ।

. हलिया प्रथाः विशेष गरी आफ्नै जग्गा जमिन नहुने दलित समुदायका मानिसहरुले अरुको हलो जोतेर जिविका चलाउने प्रथालाई हलिया प्रथा भन्ने गरिन्छ ।

१०. लगि प्रथाः वास्तवमा भन्ने हो भने दलित समुदायको आफ्नो भन्ने केहि हुदैन दलित समुदायका व्यक्तिहरु माथिल्लो जातका भनिने बाहुन क्षेत्रिहरु करिया वा भागेको रुपमा हुन्छन् । बाहुन क्षेत्रिहरुका भाग परेका दलितहरुले उनिहरुलाई लगि भन्नु पर्ने हुन्छ । प्रत्येक वर्षको अषार र कार्तिकमा उनिहरुको प्रत्येक काम गर्नु पर्ने हुन्छ ,जसलाई लगि प्रथा भन्छि भने उक्त काम गरे बाफत अलिकति अन्नबालि दिने गर्दछन् त्यसलाई खलो प्रथाका रुपमा पनि चिन्ने गरिन्छ ।

११.हरुवा–चरुवा प्रथाः यो प्रथा विशेषगरी तराईका दलित समुदायका मानिसहरुमा लागु हुने प्रथा हो ।


नेपाललाई हिमाल पहाड र तराई गरी भौगोलिक हिसाबले ३ भागमा बिभाजन गरिएको छ । यहाँ ठाउँ अनुसारका विभिन्न रितिरिवाज चालचलन भेषभुषा संस्कार संस्कृति छन् । भौगोलिग हिसाबले केन्द्रिकृत शासन सत्ताको दृश्टिमा टाढा रहेका जनताको आफ्नै प्रकारको मौलिकता हालसम्म पनि कायमै देखिन्छ । तराईतिर कमलरी हरुवा चरुवा र कमैया प्रथाले ठाउँ ओगटेको छ भने पहाडी जिल्लाहरुमा हलि प्रथा लगि प्रथा खलो प्रथा पुणि प्रथा भुणि प्रथा ,छाउपडि प्रथा ,हिमाली भेगमा बहुपति प्रथा र सुदुरपश्चिमतिर झुमा प्रथा देउकी प्रथा र हलिया प्रथाले ठाउँ ओगटेको छ । पहाडि भेगका केहि ठाउँमा पुणि र भुणि प्रथाको चलन आजसम्म पनि देखिन्छ । त्यस्ता दुरदराजका ठाउँमा सरकारको ऐन भन्दा खोलाको चैन ठुलो भन्ने गरी शासन व्यबस्था पनि चलेको पाईन्छ । यस्तै मध्यको एउटा अनौठो प्रथा हो पुणी प्रथा र भुणि प्रथा जसको संक्षिप्त रुपमा वर्णन गरिएको छ ।

 १२. पुणि प्रथाः यो प्रथा दलित समुदायमा आधारित प्रथा हो । दलित समुदायका मानिसहरु कुनै पनि चाड , पर्व , तिहार , दशैँ , एकादशि , पुर्णिमा जस्ता दिनहरुमा दलित समुदायले बाजा बजाए बाफत बाहुन , क्षेत्रीहरुले पकाएको खाना , अन्न (भात रोटी) दिने गर्दछन् । विशेष गरी दमाई जातिका मानिसहरुले आफ्ना घरमा वा धामि झाँक्रिको घरमा गएर बाजा बजाउने र खाना तथा पुणि मागेर घरमा ल्याइ खाने गरिन्छ ।  त्यस्तै दशैँ , भुवो , पिठायो , माघे सक्राति , साउने सक्राति जस्ता महान पर्वहरुमा समेत चोखा जातिहरुकोमा जाने र बाजा बजाएर अन्न अनाज देखि लिएर पकाएका खाने परिकारहरु मागेर नै खाने परम्परा छ । उक्त क्षेत्रका दलित समुदायहरु आफ्नो घरमा जति राम्रो खाना पकाएपनि यस्ता चाडपर्वमा पुणि नमागि चित्त बुझ्दो मान्दैनन् , किनकी उनिहरु बबु बाजेको पालादेखि चलिआएको यो परम्परा लाई आफ्नो बरदानको रुपमा हेर्दछन् ।

१३. भुणि प्रथाः यो प्रथा पनि नेपालकै दुर्गम क्षेत्रका दमाई जातिले प्रयोगमा ल्याएको प्रथा हो । अनौठो र अचम्म लाग्दो कुरा त के छ भने मठ मन्दिरमा खसि बोका काट्दा खसिको भुणि दमाईहरुलाई दिईन्छ ताकि अरु कुनै खालको मासु भने केहि पनी दिईदैन् । बाहुन क्षेत्रि हरुका विबाह , ब्रतबन्ध , न्वारान , पास्नी ,दशै , तिहार , पुजा–आजा आदी जुनसुकै ठाउँमा पनि दमाई समुदायहरुले गएर बाजा बजाई दिनुपर्ने हुन्छ , जसस्वरुप बाजाको मुल्य बराबर खसि को भुणि वा खसिको अन्द्रा पोटे दिने गरिन्छ , यसैलाई भुणि प्रथा भनिन्छ ।

यसर्थ , वर्तमान २१ औँ शताब्दीमा पनि यस्ता परम्परागत कुरिति, कुप्रथाहरु देखिनु लाजमर्दो कुरा हो । आफ्नो श्रम ,सिप र  पौरखले बाच्न पाउनु पर्ने समयमा पनि अर्काको भरको पुणि र भुणि लाई वरदान मानि बाँच्नु ले मानवियता माथि नै प्रश्न चिन्ह खडा गरेको छ । यस्ता खाले क्रियाकलापले गर्दा कहिँ न कहिँ जातिय विभेद लाई नै अझ बढि मलजल गरेको होकि भन्ने खालको प्रश्न पनि त्यत्तिकै उठको छ । जसले गर्दा दलित समुदायलाई परनिर्भर ,दासत्व , सामाजिक बहिष्करण , छुवाछुत जस्ता जघन्य क्रियाकलापहरु भईरहेका छन् । यसमा सबै पक्षको ध्यान जान जरुरी छ र सबैले आत्म सम्मानका साथ बाँच्न पाउने अवस्था सिर्जना गर्नुृ सबैको दायित्व  हो ।

रणसिंह परियार, नेकपा प्रदेश कमिटि सदस्य

 

 

प्रकाशित मितिः बिहीबार, बैशाख ११, २०७७     6:04:10 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *