माहामारी बिरुद्ध परिचालन हुने स्वास्थ्यकर्मीका लागि झारो टार्ने सामग्री भएको भन्दै प्रमुख सिंहको गुनासो

 नन्द सिंह कोरोना माहामारीको संक्रमण बिरुद्ध परिचालन हुने स्वास्थ्यकर्मीहरुका लागि काम चलाउ रुपमा सामग्रीको ब्यबस्था भएको छ । स्वास्थ्य सेवा कार्यालय र गाउँपालिकाका स्वास्थ्य शाखाहरुमा आबश्यकता भन्दा पनि कामचलाउ रुपमा स्वास्थ्यकर्मीहरुले प्रयोग गर्ने सामग्री उपलब्ध भएपछि झन समस्या आई पर्ने स्वास्थ्यकर्मीको गुनासो छ ।

स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले जिल्लामा भाईरस संक्रमणको परिक्षण गर्न खटिने स्वास्थ्यकर्मीहरुका लागि काम चलाउ रुपमा मात्र सामग्रीहरु उपलब्ध भएको बताउनु भयो । उहाँले भन्नु भयो भोली संक्रमण भित्रियो र महामारीको रुप लियो भने यस्ता खाले सामग्रीले केही पनि गर्न नसकिने गुनासो गर्नु भएको छ ।

हाल परिक्षणका लागि मात्र काम चलाउरुपमा कार्यालयसंग सामग्रीहरु रहेका छन् । क्वारेन्टाईन, हेल्थ डेस्क खटिने र गाउँपालिकामा आरडिटी किटबाट जिल्ला बाहिरबाट आएकाहरुको रगत परिक्षण गर्ने स्वास्थ्यकर्मीहरुका लागि भने सामग्री पुग्ने अबस्था रहेको छ ।

सिमकोट गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक दान बहादुर बोहराका अनुसार वैशाख महिना भरि पुग्ने अबस्थामा परिक्षणका बेला प्रयोग गर्ने सामग्री मौज्दात रहेको छ । हाल गाउँपालिकाले कोरोना संक्रमण बिरुद्ध खटिने सबै स्वास्थ्यकर्मीहरुका लागि पिपिई सेट, ग्लोब, माक्स र सेनिटाईजर पुग्ने अबस्थामा रहे पनि पुरामात्रामा नभएकोले भोली आबश्यक परे खरिद गर्नुपर्ने अबस्था रहेको छ । यो अबस्था नाम्खा र खार्पूनाथ गाउँपालिकामा पनि उस्तै रहेको छ ।

औषधी भने खार्पुनाथ गाउँपालिकाले आबश्यकता अनुसार रहेको जनाएको छ । तर, महामारीको त्रासले भयाबह रुपमा लिएको लामो समय भएपनि अहिलेसम्म पनि सर्केगार्ड, चंखेली, अदानचुली र ताँजाकोट गाउँपालिका खरिदकै प्रकृयामा रहेका छन् । ताँजाकोट गाउँपालिकाले र सर्केगार्ड गाउँपालिकाले मंगलबारसम्म आई पुग्ने जनाएको छन् । ती गाउँपालिकामा अहिले पनि थर्म मिटर र स्वास्थ्य सेवा कार्यालयबाट लगिएका सिमित पिपिई सेटबाट काम गरि रहनु परेको छ ।