राष्ट्रिय वाणिज्य बैंक सिमकाेट शाखाद्धरा विपद ब्यबस्थापन कोषका लागि ४० हजार सहयोग

क्याप्सनः राष्ट्रिय वाणिज्य बैक सिमकोट शाखाकी प्रबन्धक सविता शाहीले प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईलाई चेक हस्तान्तरण गदै गरेको तस्बिर

हुम्ला  विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड–१९) को महामारी रोकथाम,तथा नियन्त्रणका लागि राष्ट्रिय वाणिज्य बैक सिमकोट शाखाले ४० हजार आर्थिक सहयोग गरेको छ ।

जिल्ला विपद् व्यवस्थापन कोषका लागि राष्ट्रिय वाणिज्य बैक सिमकोट शाखाले ४० हजारको चेक हस्तारण गरेको हो ।

राष्ट्रिय वाणिज्य बैकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगतको ४० हजार रुपैयाको चेक विपद् व्यवस्थापन समिति हुम्लाका संयोजक एवम प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराई हस्तान्तरण गरिएको छ ।

विश्वमा कोरोना भाइरस कोभिड १९ को संक्रमण बढदै गएकोले यसलाई मध्यनजरमा राख्दै ४० हजार राष्ट्रिय वाणिज्य बैक सिमकोट शाखाले सहयोग गरेको सिमकोट शाखाकी प्रबन्धक सविता शाहीले जानकारी दिइन् ।

बैकले कोरोना भाइरसको संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा उपलब्ध गराईको शाखा प्रबन्धक शाहीले बताइन् ।  विपद् व्यवस्थापन समितिको कार्यमा हातेमाला गरेर सबै लाग्नु पर्ने राष्ट्रिय वाणिज्य बैक सिमकोट शाखाकी प्रबन्धक शाहीको भनाई छ ।

हस्तान्तरण गरिएको चेक बुझदै जिल्ला विपद् व्यवस्थापन समितिकी संयोजक एवम प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईले राष्ट्रिय वाणिज्य बैक,केन्द्रिय कार्यालय प्रदेश कार्यालय र सिमकोट शाखामा कार्यरत प्रमुख सहित सम्पूर्ण टिमलाई हुम्ला जिल्लाबासीको तर्फबाट धन्यावद समेत दिएकी छन् ।