राज शाही हुम्ला नेपाल खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेडले बन्दाबन्दीका बिच हुम्ला जिल्लाका लागि हवाई मार्गबाट चार हजार १ सय ३ क्वीन्टल खाद्यान्न ढुवानी गरेको छ ।
अहिलेको अबस्थामा लिमिटेडको गोदाममा खाद्यान्न मौज्दान न्युन हुदा जिल्लामा खाद्यान्न समस्या हुने देखिएपछि सरकारले हवाई सेवाबाट चामल ढुवानी गर्दा सदरमुकाम सिमकोटमा अबको ३ महिना सम्म पनि. खाद्यन्न अभाब नहुने लिमिटेडका हुम्ला शाखाका प्रमुख राम बहादुर बिष्टले बताएका छन ।
यो बन्दाबन्दी भित्र चार हजार १ सय ३ क्वीन्टल चामलमा दुई हजार क्वीन्टल खाद्यान्न चालु आर्थिक बर्षको ढुवानी भएको हो भने बाँकी सरकारले थप गरेको खाद्यान्न हो . ।
लिमिटेडको गोदाममा यसअिघ मौज्दात खाद्यान्न दुई हजार ९ सय ७५ क्वीन्टल गरि अब गोदाममा सात हजार ७८ क्वीन्टल चामल मौज्दात भएपनि आज सम्म खार्पुनाथ १,२,३ र ४ वडा र सिमकोट ४,५ र ७ वडाको वडा भाग बितरण गरि ३ सय क्विन्टल बितरण भएकाले अहिले ६ हजार ८ सय ७८ क्विन्टल चामल मौज्दात रहेको छ भने अब खाद्यान्न ढुवानी हुने कार्य पनि बन्द हुने भएको प्रमुख बिष्टले बताएका छन ।
जिल्लामा नयाँ खाद्यान्न ढुवानी भएपछि सर्बसाधारणलाई बन्दाबन्दीका बिच सरकारले अहिलेका महामारीको अबस्थामा दश प्रतिशत खाद्यान्नमा छुट दिने ब्यबस्था गरे अनुसार सबै प्रकारका चामलको बिक्री मुल्यमा दश प्रतिशत छुट दिएर सामाजिक दुरी कायम गरेर खाद्यान्न बितरण सुरु गरेको छ ।
कर्णाली रैवार संवाददाता । ८ बैशाख २०७७, सोमबार १६:११