नन्द सिंह हुम्ला जिल्लाको सर्केगाढ गाउँपालिका–१ जैर गाउँका नौ जना भारतमा अलपत्रमा पर्नु भएको छ । भारतको पिथौरगढ बजारमा रहेको क्वारेन्टाइनमा नौ जना बिजोक अवस्थामा रहनु भएको हो ।
हुम्लाबाट तीन महिना अगाडी भारतको बेरनाथमा काम गर्दागर्दै आएका नौ जना हुम्ली अहिले कोरोना डरले रातारात भागेर घर फिर्ता हुन खोज्दा पिथौरगढमा प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखेको छ ।
घरपरिवार पाल्नको लागी र साहुको रिण तिर्न काम गर्न भारत पुगेको जिल्लाको सर्केगाड गाउँपालिका १ का कसमविर लुवारले गुनासो गर्नु भएको छ । उहाँले भन्नु भयो आफुहरु नौ जना सर्केगाड गाउँपालिकाका भित्रका लुवार जातीका मात्रै छौँ ।
आफुहरुलाई क्वारेन्टाइनमा राखेको २० दिन वितिसक्दा पनि नेपाल सरकार र कर्णाली प्रदेश सरकारले कुनैवास्ता नगरेको गुनासो पोख्नु भयो । आफ्नो देश बनाउनका लागि र परिवार पाल्ने उदश्यमा साहुको रिण तिर्न भारतमा पुगेको भएपनि विश्वभर महामारी फैलिएको कोरोनाका डरले भारतमा हुँदा हुम्लाका नेताहरुले भोट हाल्ने बेला मात्रै सम्जिछन् अरु समय बाँचेको मरेको कुनै वास्ता नभएको लुवारले गुनासो गर्नु भएको छ ।
यसैका बारेमा प्रमुख जिल्ला अधिकारी विनिता भट्टराई भने विश्वभर कोरोना सन्त्रास बढेर विश्व लकडाउनमा भएकाले आफुले केही गर्न नसक्ने तर मन्त्रालयसम्म यति जना नागरीक यो ठाउँमा छन् भनेर खबर पठाउन सक्ने बताउनु भयो । अहिले भारतको पिथौरगढमा कसमबिर लोवार, नउराज रोकाया, धन्लाल भाियाल, लोक भियाल , सर्जन भियाल, जल भियाल, जोकुल सुनार, चन्दरे सुनार, हिरासिग सुनार, रहेको जानकारी आएको छ ।
कर्णाली रैवार संवाददाता । ८ बैशाख २०७७, सोमबार १६:०९