क्वारेन्टाइनमा बसेका व्यक्तिको स्वाब संकलन गरी रिपोर्ट नआउँदै घर फिर्ता ।

नन्द सिहं    हुम्ला– सदरमुकाम सिमकोट स्थित तल्लो बजार चर्चमा रहेका नौ जनाको स्वाब संकलन गरी रिपोर्ट नआउँदै घर फिर्ता गरिएको छ ।  उनीहरुको वैशाख ४ गते स्वाब संकलन गरी क्वारेन्टाइनमा खटिएका डाक्टरहरुले वैशाख ६ गते कोरोनाको लक्षण भए नभएको थाहा पाउनलाई सुर्खेत पठाए पनि रिपोर्ट नआँउदै उनीहरुलाई ५ गते नै घर पठाईएको छ ।

सम्बन्धित गाउँपालिका जनप्रतिनिधि र प्रमुख जिल्ला अधिकारीले घर पठाउन भनेपछि रिपोर्ट नआउँदै घर पठाएको क्वारेन्टाइन स्थलमा खटिएका डाक्टर नविन रोकायाले बताए । उनले नौ जनाको स्वाब संकलन गरि थप चेकजाँचका लागी सुर्खेत पठाएको भएपनि दवावमा उनिहरुलाई रिपोर्ट नआउँदै पठाउनु परेको बताए ।

उनीहरुमा कुनै खालको संक्रमण नदेखिए पनि भारतबाट आएका हुनाले स्वाब निकालेर सुर्खेत पठाएको हो । स्वाब संकलन गरी चेकजाँच गर्दा रिपोर्ट आउन २४ घण्टा मात्रै लाग्छ त्यहि २४ घण्टा बसाल्न नसक्दा उनीहरुलाई बाध्यबस भएर घर पठाइएको क्वारेन्टाइन स्थलमा रहेका स्वास्थ्यकर्मीको गुनासो छ ।

चर्चमा बसेका नौ जनाको स्वाव वैशाख ६ गते पठाउने तर उनिहरुलाई ५ गते नै किन पठाएको भन्दै सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हामलसंग बुझ्दा उहाँका अनुसार चर्चमा रहेका व्यक्तिहरुले यदि हामीलाई घर नपठाए तोडफोड गर्ने भनेर धम्की दिएपछि उनिहरुलाई घर पठाइएको हो ।
तर घर पठाउँदा वडाध्यक्षहरुले सो व्यक्तिहरुमा केही केही पोजेटिभ लक्षण देखिएमा आफै जिम्मेवारी र जवावदेहिता हुने गरि पठाइएको जिल्ला विपत व्यवस्थापन समितिका संयोजक हमालको भनाई छ ।
             क्वारेन्टाइमा खानाको गुनासो
सदरमकाुमको रानीवन स्थित क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई खानपिनको कुनै राम्रो सेवा सुविधा नभएको गुनासो गर्न थालेका छन् । क्वारेन्टाइनमा बसेका एक जना नाम्खा गाँउपालिका ३ का कुचि लामाले दुखेसो गरे ।

गाँउमा क्वारेन्टाइन बस्छु भन्दा पनि जिल्लामा नमानेको र आफु सुगर रोगी भएकोले सेतो चामलको भात खान नमिल्दै भन्दै गुनासो गरेका छन् । क्वारेन्टाइनमा बसेकहरुले बिहान बेलुकाको छाक मात्रै दिने गरेको र बिहान बेलुका दिउसो कम्तिमा चिया पनि नदिने गरेको बताए ।

क्वारेन्टाइनमा बसेकाहरुलाई प्रति छाक २ सय र क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मीलाई २ सय ५० को दरले खाना दिने गरिएको पाइएको छ । क्वारेन्टाइनमा बस्नु भन्दा होम क्वारेन्टाइनमा बस्छु भन्दा पनि प्रमुख जिल्ला अधिकारीले नमानेको कैलाश होटेल हुम्लाकी संञ्चालिका प्रेमा लामाले बताइन् ।

उनले भनिन् हामीलाई आफनो परिवारको चिन्ता हुन्छ तर होम क्वारेन्टाइन घरमै छुटै अलग बस्छु भन्दा पनि प्रजिअ अधिकारीले नमानेको बताइन् । क्वारेन्टाइनका लागि भन्दै कर्णाली प्रदेश सरकारले ५० लाख र जिल्लाका गैहसकारी संस्थाहरु विपद् व्यवस्थापन भन्दै ६ देखि ७ लाख रकम संकलन गरेपनि क्वारेन्टाइनमा ग्ुणस्तरिय खाना नभएको उनीहरुको दुखेसो रहेको छ ।