राज शाही विगत दुई वर्ष यता सिमकोट गाउँपालिका–५ स्थित काठेचुलीमा रहेको हेल्थअस मेडिकल सेन्टरले लक्षित बर्गलाई निशुल्क रुपमा उपचारको ब्यबस्था गर्दै आएको छ । उपचारका बेला खर्च गर्न नसक्ने बिरामीका लागि सेन्टरले निशुल्क उपचारको ब्यबस्था गरेको हो ।
सो सेन्टरमा डाक्टर हर्कसिंह भण्डारी लगाएतको टिमले उपचार गर्दै आएको छ । बन्दाबन्दीका बेला १६ घण्टा सेवा दिदै आएको सेन्टरले दलित, गरिब, एकल महिला, जनजाति र बित्पन्न वर्गका व्यक्तिहरुलाई निशुल्क उपचारको ब्यबस्था गर्दै आएको डाक्टर भण्डारीले बतए ।
डाक्टर भण्डारीका अनुसार रातीको समयमा सो फारमेसी सेन्टरमा फोन गरेर बिरामीको उपचार हुने ब्यबस्था गरिएको छ । हुम्लाबासीको सेवा सुविधा लागि स्थापना भएर सेवा प्रदान गर्दै आएको उक्त सेन्टरले दैनिक चार देखि पाँच जनासम्म बिरामीको निशुल्क उपचार गर्ने ब्यबस्था गरेको छ ।
बिरामीको रोग अनुसार निशुल्क उपचारको ब्यबस्था पनि गरिएको छ । अचेल सेन्टरमा दैनिक २५ देखि ३० जना बिरामीहरुको उपचार हुने गरेको छ । सेन्टरमा कार्यरत एचए नारायण फडेराले लक्षित बर्ग बाहेक अन्य बिरामीहरुलाई पनि २० देखि २५ प्रतिशत उपचार र औषधीमा छुटको ब्यबस्था गरिएको बताए ।
यो बन्दाबन्दीमा दुई जना स्वास्थ्यकर्मीहरुले दैनिक उपचार दिदै आएका छन् । कोरोना संक्रमणका बेला आबश्यक परे औषधी उपचारमा सहयोग गर्ने सेन्टरले जनाएको छ । सेन्टरले अन्य बेला पनि जिल्लाका अन्य स्थानमा पनि निशुल्क उपचारको ब्यबस्था गर्ने गरेको छ ।
कर्णाली रैवार संवाददाता । ५ बैशाख २०७७, शुक्रबार १०:२२