क्वारेनटाइनमा बसेकी महिला सेवा सुविधाबाट बँञ्चित ।

नन्द सिहं सिमकोट गाउँपालिका–७ को कैलाश मावि विद्यलयमा रहेको क्वारेनटाइनमा रहेकी एक जना महिलालाई वडापालिकाले कुनै पनि सेवासुविधा नदिएको गुनासो गर्नु भएको छ । केही दिन अगाडी जिल्ला बाहिरबाट आएकी महिला भन्नु हुन्छ वडापालिकाले बाख्रा हुलेजसरी हुलेको र कुनै सुविधा नदिएको भन्दै गुनासो गर्नु भएको छ । उहाँले भन्नभयो आफैले घरबाट लत्ता कपडा ल्याएर बसेको छु । वडाले नत सुत्ने खटिया दिएको छ, न त उज्यालोको लागी बत्तिको नै व्यवस्था गरेको छ, त्यतिमात्र नभएर खानेपानीको समेत व्यवस्थ गरेको छैन । आफु क्वारेनटाइनमा बसेका दिनदेखि चेकजाँचका लागी स्वास्थ्यकर्मी पनि नआएको गुनासो गर्नु भयो । वडा कार्यालय र प्रहरीले गाउँपुग्ने वितिकै क्वारेनटाइन स्थलमा लग्यो तर त्यहाँ कुनै पनि सेवासुविधा नभएको गुनासो आउन थालेको डाडाफयाँबाट संञ्चारकर्मी मन्दिर सिंहले बताउनु भयो । क्वारेन्टाइनमा बसेका व्यत्तिहरुलाई चेक जाँच गर्नु नपर्ने सिमकोट गाउँपालिका स्वास्थ्य संयोजक दानबहादुर बोहराले बताउनु भयो । उहँले भन्नु भयो क्वारेन्टाइनमा बसेका व्यक्तिलाई केही विरामको लक्षण देखिदा वितिकै आइसोलेन्स वार्डमा राखेर मात्र चेकजाँच गर्नु पर्ने र उपचार गर्नु पर्ने हुन्छ । सो क्वारेन्टाइनमा बसेकी महिलाको चैत २१ गते नै थर्मोगनद्धारा चेकजाँच भईसकेको डाँडाफया स्वास्थ्यचौकीका इन्चार्ज सुरविर शाहीले बताउनु भयो । शाहीका अनसार सो महिलालाई हालसम्म कुनै पनि विरामको लक्षण देखिएको छैन । हालसम्म क्वारेन्टाइनमा एक जना महिला बाहेक अन्य कुनै पनि व्यक्ति नभएको र उहाँ क्वारेन्टाइनमा बस्न लागेको आज ५ दिन पुगेको छ । गाँउ गाउँमा रहेका क्वारेन्टाइनमा बसेका व्यक्तिहरुका लागि सेवा सुविधा कस्ले वेहोर्ने हो भन्ने विषयमा सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामासंग बुझ्दा उहाँले भन्नु भयो, जिल्ला विपत व्यवस्थापन समिति, सात ओटै गाउँपालिका, वा प्रदेश सरकार मध्य एउटाले तिर्नु पर्ने हो । तर त्यस्को सल्लाहा भने प्रदेश सरकारसंग हुन बाँकि रहेको छ । सदरमकाम भन्दा बाहिरका क्वारन्टाइनमा बसेका व्यक्तिहरुले भने विल भरपाई बुझाएमात्र सो सुविधा पाउँने अध्यक्ष लामाको भनाई छ ।