हुम्ला–कर्णाली प्रदेशका ग्रमिण जिल्लामा सेवा दिदै आएको वल्र्डलिक कम्युनिकेशनले हुम्लाको रानीबनमा रहेको क्वारेन्टाइनमा निशुल्क सेवा दिएको छ ।
जिल्लाका सातै गाँउपालिका विभिन्न स्थानहरु सेवा प्रदान गरेको वल्र्डलिक कम्युनिकेशनले क्वारेन्टाइनमा बसेका लाई पनि सेवा दिएको हो । क्वारेन्टाइनमा बसेका ४०देखि ५० जनालाई इन्टरनेटको सहज हुने भएको छ ।
आइतबार वल्र्डलिकं कम्युनिकेशन हुम्लाका संयोजक रामराज रावतले इन्टरनेट जडान गरेको जानकारी दिएका छन् । क्वारेन्टाइनमा बसेका मानिसहरुलाई सूचना आदनप्रदान र मनोरञ्जन लिन सहज हुने संयोजक रावतले बताए ।
गाउँपालिकाले जडान गरेको इन्टरनेट नै नचलेपछि वल्र्डलिकं कम्युनिकेशनले निशुल्क जडान गरिदिएको रावतको भनाई रहेको छ । इन्टर जडान भएपछि क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मीलाई समेत सहज भएको छ ।
कर्णाली रैवार संवाददाता । २६ चैत्र २०७६, बुधबार १२:५८